Nepal Purbadhar

शुक्रबार, साउन ४, २०८१
Friday, July 19, 2024

शुक्रबार, साउन ४, २०८१
Friday, July 19, 2024

अवरुद्ध बेँसीसहर–चामे सडक सञ्चालनमा   


लमजुङ। पहिरोले गए रातिदेखि अवरुद्ध बेँसीसहर–चामे सडक पूर्ण सञ्चालनमा आएको छ । अविरल वर्षाले यस सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–६ खरखरे भिरमा गएको पहिरोे हटाएसँगै सवारी सञ्चालनमा आएको हो ।

डुम्रे–बेँसीसहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर किरण पोखरेलले ‘एक्साभेक्टर’को सहायताले ठूला–ठूला ढुङ्गासहितको पहिरो हटाएसँगै सवारी सञ्चालनमा आएको बताए । यहाँ पहिरो रोकथामका लागि सङ्घीय सरकारको रु १६ करोड ४८ लाख लागतमा निर्माण भइरहे पनि काम नसकिँदा पहिरो जाने क्रम जारी रहेको उनले बताए ।

पैसठ्ठी किलोमिटर रहेको यस सडकमा साना–ठूला सवारीसाधन सञ्चान हुँदै आएको छ । मनाङवासी यस सडकखण्ड हुँदै बेँसीसहर, काठमाडौँ, पोखरा, चितवनलगायतका स्थानमा जाने र सो स्थानबाट आउने गर्दछन् ।


Read Previous

सन्धिखर्क-तम्घास प्रसारण लाइन र तम्घास सबस्टेसन सञ्चालन, विद्युत आपूर्तिकाे गुणस्तर सुध्रिने

Read Next

यो वर्ष पनि नबन्ने भयो कमला नदीमा पुल   

Leave a Reply

Your email address will not be published. Required fields are marked *