Nepal Purbadhar

नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी सञ्चालन   


नवलपरासी । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुलको पहुँच मार्ग भासिएर अवरुद्ध भएको सडक सञ्चालनमा ल्याइएकाे हाे ।

अवरुद्ध दाउन्नेखण्ड बिहानदेखि सञ्चालनमा आएको छ । याे सडक मंगलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेका बताए ।

दाउन्ने डाँडाँमा लेदो माटोका कारण सडक अवरुद्ध भएको थियो । गए रातीदेखि अवरुद्ध उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।

विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् । यही स्थानमा गत वर्ष पनि डाइभर्सन बगाउँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । समयमै सडक विस्तार नगरिँदा यात्रुले बर्सेनि दुःख पाउने गरेका छन् ।


Read Previous

कञ्चनपुरमा भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी बन्दै

Read Next

लक्ष्य अगावै सम्पन्न भयाे लुङ्दीखोला-भेडावारी-दुलेपानी सिँचाइ आयोजना