Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

इलामको माइजोगमाईमा ६ साना सिँचाइ आयोजनाकाे निर्माण सुरु


इलाम । जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पुर्याउने उद्देश्यसहित सञ्चालित कार्यक्रमअन्तर्गत एकैपटक ६ वटा सिँचाइ आयोजना सुरु भएको हो ।

चालु आर्षिक वर्षमा सम्पन्न हुने गरी ३ करोड ८३ लाख १५ हजार ६६० रुपैयाँ लागतमा ६ वटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी दिए । उनका अनुसार ड्याम र पक्की कुलो धमाधम निर्माण भइरहेको छ ।

माईजोगमाई गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुईवटा, वडा नं २ मा एउटा र वडा नं ५ मा तीनवटा सिँचाइ योजना निर्माण भइरहेका छन् । वडा नं १ स्थित लप्सीबोटे फलाटेगाउँमा ८९ लाख ९७ हजार रुपैयाँ लागतमा ६३ घरका किसान लाभान्वित हुने गरी लक्ष्मीखोलाबाट लप्सीबोटे फलाटेगाउँ सिँचाइ कुलो निर्माणाधीन छ ।

त्यस्तै, सोही वडाको ठूलोबेँसीमा ४२ लाख ७८ हजार ३ सय ४३ रुपैयाँ लागतमा २६ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी हिलेखोलाबाट ठूलोबेँसी सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा नं २ को राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार ८ सय ८३ रुपैयाँ लागतमा ५८ घरका किसान लाभान्वित हुने गरी बजुर खोलाबाट सिँचाइ कुलो निर्माण सुरु भएको छ ।

वडा नं ५ को साठीमुरे बेँसीमा ३९ लाख ५८ हजार ३ सय ६६ रुपैयाँ लागतमा २६ परिवार लाभान्वित हुनेगरी ठोट्नी खोलाबाट र काफ्ले टोलमा ८२ लाख ६४ हजार २ सय ८२ रुपैयाँ लागतमा ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी सिँचाइ कुलो निर्माणाधीन छ ।

यसैगरी, ७७ लाख ६१ हजार ७ सय ७७ रुपैयाँ लागतमा १ सय ४८ किसान प्रत्यक्ष लाभान्वित हुने गरी सोही वडाको भुट्टेखोला थापा चावा खोला सिँचाइ कुलो निर्माणको काम तीव्र पारिएको प्राविधिक राईले बताए । आयोजना सम्पन्न भएपछि माईजोगमाईका ३ वटा वडामा बाह्रैमास पानी पुग्नेछ ।

आयोजनाले ३५८ किसानका ३ हजार ३ सय ६० रोपनी क्षेत्रमा सिँचाइ पुग्ने बताए । “वर्षौंदेखि परम्परागत कुलोबाट सिँचाइ गरिरहेका माईजोगमाईका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, आयोजना सम्पन्न भएपछि यहाँका ३ हजार ३ सय ६० रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ”, राईले भने, “यहाँका ३५८ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुनेछन् ।”

साना सिँचाइ आयोजनामा स्वीस सरकारको १ करोड १४ लाख ९४ हजार ६ सय ९८, संघीय सरकार, प्रदेश सरकार र माईजोगमाई गाउँपालिकाको ७६ लाख ६३ हजार १ सय ३२ रुपैयाँ र स्थानीय उपभोक्ताको ३८ लाख ३१ हजार ५ सय ६६ रुपैयाँ बराबरकाे  साझेदारी छ ।

यसअघिमाईजोगमाई गाउँपालिकामा ४ करोड ७० लाख ८२ हजार ८ सय २५ रुपैयाँ लागतमा ९ वटा सिँचाइ कुलो निर्माण भएका छन् । ति कुलोबाट ४ सय ८ हजार ९ सय ४० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने स्थानीयको अपेक्षा छ । माईजोगमाईमा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मूला, काउली, काबी, बन्दा, सिमीजस्ता तरकारीको व्यावसायिक खेती हुँदै आएको छ ।


Read Previous

सानिमा समूहले लगानी गरेकाे मध्यतमोरबाट परीक्षण विद्युत उत्पादन सुरु

Read Next

कालीगण्डकी करिडोर: बेनी-जोमसोम-कोरला खण्डमा ४८ किलोमिटर कालोपत्र सकियाे

Leave a Reply

Your email address will not be published.