Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

नेपालमा पहिलो पटक चल्यो ग्रीन हाइड्रोजन इन्धनबाट गाडी


काठमाडौं । काठमाडौं विश्व विद्यालय (केयु) ले ग्रीन हाइड्रोजन इन्धनबाट कार सञ्चालन गरेको छ । आइतबार केयु परिसरमा निर्मित ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण पूरा भएपछि कारमा इन्धन भरेर ‘ड्राइभ टेष्ट’ गरिएको हो ।

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन इन्धनबाट नमूनाकोरूपमा गाडी सञ्चालन गरिएको केयुका सहप्राध्यापक एवं ग्रीन हाइड्रोजन ल्याब प्रमुख विराजसिंह थापाले बताए । उनका अनुसार आइतबार नितेशकुमार यादवले पहिलोपटक ग्रीन हाइड्रोजन इन्धन भरेर गाडीको ‘ड्राइभ टेष्ट’ गरेका हुन् । ‘ड्राइभ टेष्ट’ गरिएको हाइड्रोजन गाडी दक्षिण कोरियाबाट ल्याइएको हो ।

‘आजै मात्र हामीले केयु परीसरमा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको सफल परीक्षण सम्पन्न गरेका थियौं,’ उनले भने,‘ गाडीमा हाइड्रोजन इन्धन भरेर साँझ परीक्षणका लागि सञ्चालन गर्न सफल भएका छौं ।’ उनले ग्रीन हाइड्रोजनको क्षेत्रमा केयुले सफलतापूर्वक कार सञ्चालन गर्नु देशको इतिहासमै ठूलो उपलब्ध भएको बताए ।

उनले नवनिर्मित ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको चाँडै विधिवतरूपमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट औपचारिक उद्घाटन गराउने बताए । औपचारिक उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीलाई ग्रीन हाइड्रोजन इन्धनबाट चल्ने सवारी साधनमा चढाउने केयुको योजना छ ।

केयुमा नमूनारुपमा ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसन स्थापना तथा ग्रीन हाइड्रोजन इन्धनबाट गाडीको सफल सञ्चालनले व्यवसायीहरुले ग्रीन हाइड्रोजनको व्यापारिक उत्पादनमा भविश्य अवश्य देख्ने अपेक्षा गरेको उनले बताए । ग्रीन हाइड्रोजन उत्पादन तथा रिफ्युलिङ स्टेसनको उद्घाटनपछि केयुसँग भएको हाइड्रोजन गाडी हाइड्रोजन इन्धनको प्रवद्र्धन गर्न विभिन्न स्थलमा लगेर प्रदर्शनीमा राखिने थापाले बताए ।

बैशाखमा आयोजना हुन लागेको हिमालयन हाइड्रो एक्स्पोमा पनि हाइड्रोजन गाडी प्रदर्शनमा राख्ने केयुको योजना छ । साथै, हिमालयन हाइड्रो एक्स्पोको उद्घाटनको दिन राष्ट्रपति रामचन्द्र पौडेललाई हाइड्रोजन गाडी चढाउने तयारी केयुले गरेको छ ।

ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन प्रवद्र्धन गर्न प्रमुख राजनितिक दलका शीर्ष नेता, प्रतिनिधिसभाका सभामुख लगायतलाई पनि हाइड्रोजन गाडी चढाउने थापाले बताए ।

शीर्ष नेता तथा राजनितिक दलका प्रतिनिधिले ग्रीन हाइड्रोजनको व्यवसायिक उत्पादन प्रवद्र्धन गरी इन्धनकोरूपमा उपयोग बढाउन प्रोत्साहन गर्दा नेपालले हाइड्रोजन इन्धनबाट चल्ने गाडीलाई स्वीकार गर्ने वातावण निर्माणमा सहयोग पुग्ने थापाको भनाई छ ।


Read Previous

सिंगटी हाइड्रोले लगानी गरेको हेवा खोला ‘ए’ ५० प्रतिशत पूरा,अर्काे वर्ष विद्युत उत्पादन

Read Next

भेरी करिडोरको जाजरकोट-डोल्पा सडकखण्डकाे सतह चाँडै छिचोलिने   

Leave a Reply

Your email address will not be published.