Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

‘एक्स्पोले प्रवर्द्धक,परामर्शदाता,उपकरण उत्पादक, निर्माण कम्पनी सबैलाई एकै थलाेमा जमघट गराउनेछ’


काठमाडाैं । एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) सँगको सहकार्यमा आगामी बैशाख १२, १३ र १४ गते आयोजना गर्न लागिएको चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पो २०२४ को तयारी तीव्र पारेको छ । स्टल बुकिङ, अतिथि आमन्त्रण, इभी -यालीको रुट बनाउने तथा विभिन्न सत्र सञ्चालनलगायतको तयारी धमाधम भइरहेको छ । जलविद्युत उत्पादन, प्रसारण, वितरण, व्यापारको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको एक्स्पोको तयारी कसरी भइरहेको छ त ? भन्ने सम्बन्धमा एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले नेपाल पूर्वाधार डटकमसँग गरेको कुराकानीको संक्षिप्त सार:

चौंथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी कसरी गरिरहनु भएको छ ?

सर्वप्रथम सन् २०१५ बाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो सन् २०१७, २०१९, २०२२ हुँदै यो पटक चौंथो संस्करण आयोजना हुँदैछ । यो पटक ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित एक्स्पो गर्दैछौं । अहिले हामी एक्स्पोको तयारीमा तीव्र ढंगले लागेका छौं । एक्स्पोको राष्ट्रपति रामचन्द्र पौडेलबाट उद्घाटन गराउने याेजना छ । हामीले राष्ट्रपति पाैडेलसँग विशेषा भेटघाट गरी  निमन्त्रणा पत्र दिइसकेका छौं । साथसाथै, स्टल बुकिङ, तथा एक्स्पोमा सहभागी हुनेहरुको सूची तयार गर्ने कार्य अहिले धमाधम भइरहेको छ ।

हाइडो एक्स्पो आयोजना गर्नुको मुख्य उद्देश्य के हो ?

ऊर्जा उत्पादनमा नयाँ नयाँ प्रविधिको विकास भइरहेको छ । विकसित प्रविधिले काम गर्न सहज हुनुका साथै लागत र समय घटाउन मद्दत पुग्ने गर्दछ । हामीले बेला बेलामा यस प्रकारको एक्स्पो आयोजना गर्दा विकसित नयाँ प्रविधिको पनि प्रर्दशन हुने अवसर मिल्छ । लगानीकर्ता प्रविधिको खोजी गर्दै हिँड्नु नपर्ने गरी सबैको जमघट एउटै एक्स्पोमा हुन्छ । त्यसकारण, हाइडो एक्स्पोबाट नेपालले फाइला लिने अवसर पाउँछ ।

यस पटकको हाइड्रो एक्स्पो कस्तो हुनेछ ?

पहिलो पटक सन् २०१५ मा हिमालयन हाइड्रो एक्स्पो आयोजना हुँदा देश चरम लोडसेडिङको अवस्थामा थियो । त्यतिबेला प्रसारण प्रणालीमा जडित क्षमता ७०० मेगावाट हाराहारीमा थियो । अहिले अवस्था फेरिएको छ । प्रसारण प्रणालीमा जडित क्षमता ३ हजार मेगावाट पुगिसकेको छ । विद्युतको बजार पनि बढ्दै गइरहेको छ । तर, सुख्खा याममा हाम्रो उत्पादनले नधानेकाले ठूलो परिमाणमा विद्युत आयात गर्नुपर्ने बाध्यता छ । अहिले हाम्रा लागि सुख्खा यामको माग हामीले नै उत्पादन गरेको विद्युतले धान्नु पर्ने गरी आत्मनिर्भर हुनुपर्ने आवश्यकता छ । र, देशमा जलविद्युत उत्पादनको सम्भाव्यता पनि छ ।

त्यसकारण, देशको आवश्यकता बमोजिम जलविद्युत क्षेत्रको विकासलाई सहयोग पुग्ने गरी परामर्शदाता, लगानीकर्ता, ऋणदाता, उपकरण निर्माण तथा आयातकर्ता, निर्माण कम्पनी, इन्जिनियरिङ अध्ययनरत विद्यार्थी एवं प्राध्यापक सबै एउटै स्थानमा भेटाउने उद्देश्यले एक्स्पो आयोजना हुँदैछ । जसले गर्दा प्रवद्र्धकका लागि लगानीकर्ता, परामर्शदाता, इलेक्ट्रोमेकानिकल उपकरण उत्पादन तथा निर्यातकर्ता, निर्माण कम्पनी बेग्ला बेग्लै खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । हिमालयन हाइड्रो एक्स्पो आयोजना गर्नुको मूल उद्देश्य यही नै हो ।

सरकारले पनि सन् २०३५ सम्ममा विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउने घोषणा गरेको छ । यति विद्युत उत्पादन गर्न करिब ५० खर्ब रुपैयाँ थप लगानी चाहिन्छ । भारतले १० हजार मेगावाट खरिद गर्ने प्रतिबद्धता जनाइसकेको छ । नेपालको जलविद्युतको बजार बढिरहेको छ । देशभित्रको आन्तरिक खपत पनि बढाउने प्रतिबद्धता सरकारले गरेको छ । खपत बढाउन विद्युतीय चुलो तथा विद्युतीय गाडीको संख्या पनि बढिरहेको छ । आन्तरिक खपत वृद्धि तथा छिमेकी देशको बजारमा विद्युत बिक्री गर्नका लागि उत्पादन बढाउनु पर्ने हुँदा जलविद्युत क्षेत्रसँग जोडिएर काम गर्ने प्रवद्र्धक, ऋणदाता, परामर्शदाता, उपकरण उत्पादन तथा निर्यातकर्ता, हेब्बी इक्युपमेन्ट उत्पादकलगायत सबैलाई एकै स्थानमा भेट गराई जलविद्युत विकासको प्रवद्र्धन हाइड्रो एक्स्पोले गर्नेछ भन्ने विश्वास लिएको छु ।

हाइड्रो एक्स्पोमा स्वदेशी, विदेशी सरोकारवाला तथा सर्वसाधारणको सहभागिता कस्तो हुनेछ ?

जलविद्युत क्षेत्रसँग प्रत्यक्ष जोडिने सरोकारवालाको संख्या करिब १ हजार देखि १२ सय जनाको हाराहारीमा छ । तर, अप्रत्यक्षरूपमा साधारण सेयर लगानीको माध्यमबाट जोडिने सर्वसाधारणको संख्या लाखौंमा छ । ती लगानीकर्तालाई पनि यो हाइड्रो एक्स्पोसम्म ल्याउने हामीले लक्ष्य लिएका छौं । आज साधारण सेयर लगानी गरेका लगानीकर्ताले जलविद्युत विकासबारे अझै बुझ्न पाएको खण्डमा भोलिको दिनमा आफैँ मुख्य लगानीकर्ता भएर आउने सम्भावना रहेको हुँदा यसबारेमा थप बुझ्ने मौका र अवसर दिनका लागि सर्वसाधारणको सहभागितालाई महत्त्व दिएका छौं । सर्वसाधारणको उल्लेख्य सहभागिता रहोस् भन्नका लागि नै हामीले हाइड्रो एक्स्पो होटलमा नभई भृकुटीमण्डमा गर्दै आएका छौं । यो पटक ५०औं हजार सर्वसाधारणले हाइड्रो एक्स्पोको अवलोकन गर्ने गरी प्रचार प्रसार गर्ने रणनीति लिएका छौं ।

सहभागी विद्यार्थीहरूका लागि पुरस्कार रासीसहितको प्रतिश्पर्धा पनि राखिएको भन्ने जानकारीमा आएको छ । कस्तो प्रकारको प्रतिश्पर्धा गराउँदै हुनुहुन्छ ?

यसपटकको एक्स्पोमा ‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने विषयवस्तुलाई केन्द्रमा राखेर छोटो भिडियो बनाउने तथा जलविद्युत सम्बन्धि सामाग्री एवं सेवासँग सम्बन्धित ‘आइडिया’ प्रस्तुत गर्ने प्रतिश्पर्धा गराउँदैछौं । यो प्रतिश्पर्धामा विशेष गरी विभिन्न संकायमा अध्ययनरत कलेजका विद्यार्थीहरूको सहभागिता रहनेछ ।

सहभागीले नेपालको ऊर्जा क्षेत्रको विकासमा सहयोग पुग्ने गरी हरित ऊर्जाको महत्त्व दर्शाउन दुई विधामा प्रतिश्पर्धा गर्न पाउनेछन् । हरेक प्रतिस्पर्धाका विजेताले ४४ /४४ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन् । उपविजेतालाई २२ हजार रुपैयाँ र तेस्रो हुनेलाई ११ हजार रुपैयाँ नगद पुरस्कार तथा प्रमाणपत्र दिने व्यवस्था गरेका छौं । यस्तै प्रतिश्पर्धा अघिल्लो हाइड्रो एक्स्पोमा गराउँदा विद्याथीहरुको उल्लेख्य सहभागिता रहेकाले यस पटक सहभागीको संख्या अझै बढ्ने अपेक्षा गरेका छौं ।

हाइड्रो एक्स्पोमा कति स्टल राख्दै हुनुहुन्छ ? कतिको बुकिङ सकियो ?

यस पटकको हाइड्रो एक्स्पोमा सानो ठूलो गरेर १ सय भन्दा बढी स्टलहरू राखिने छन् । सिमित क्षेत्र भएकाले चाहेर पनि योभन्दा बढी स्टलहरु राख्ने सक्ने अवस्था छैन । हामीले हाइड्रो एक्स्पोको घोषणा हुनासाथ स्टलको बुकिङ खुल्ला गरेका थियौं । त्यसबेलादेखि नै बुकिङ हुन थालेको थियो । अहिलेसम्ममा ६० प्रतिशत बढी स्टलहरू बुकिङ भइसकेका छन् । बुकिङ हुने क्रम जारी छ ।

कस्ता कस्ता स्टलहरु रहने छन् ?

एक्स्पोमा जलविद्युत उत्पादक, परामर्शदाता, ऋण लगानीकर्ता बैंक, लगानीकर्ता, निर्माण व्यवसायी, हाइड्रो तथा इलेक्ट्रोमेकानिकल उपकरण उत्पादक तथा सप्लायर्स, विद्युतीय सवारी बिक्रेता, सोलार कम्पनी, ग्रीन हाइड्रोजनलगायतका स्टलहरू प्रदर्शनीमा रहनेछन् ।

हाइड्रो एक्स्पोमा नेपालबाहेक कुन कुन देशबाट सहभागीहरू आउँदैछन् ?

नेपाल बाहेक भारतबाट धेरैको सहभागिता रहने बुझेका छौं । हाम्रो विद्युतको सीमापारको बजार भारत नै भएको र प्रविधि एवं ठूलो प्राविधिक जनशक्ति पनि भारतमै रहेको हुँदा त्यहाँबाट आउने सहभागीको संख्या अन्य देशकोभन्दा बढी हुने अपेक्षा गरेका छौं । फेरि युरोपको एन्ड्रिज हाइड्रो, भोइथ हाइड्रोलगायत सबैका शाखा कार्यलय भारतमा पनि रहेको हुँदा त्यहाँबाट हुने सहभागिता उल्लेख्य हुनेछ ।

पहिलो दिन इभी (इलेक्ट्रिक भेइकल) -याली हुने भनिएको छ ? -यालीमा को को सहभागी हुँदैछन् ?

एक्स्पोको पहिलो दिन उद्घाटन सत्र अगाडि विद्युतीय सवारी साधनसहितको (इभी) -याली भृकुटीमण्डपबाट सुरु हुनेछ । आन्तरिक विद्युत खपत बढाउन तथा कार्बन उत्सर्जन न्यूनिकरणमा योगदान पुर्याउने गरी स्वच्छ ऊर्जाको प्रवद्र्धनबाट विद्युतीय गाडी तथा स्कुटरको उपयोग बढाउने उद्देश्यले इभी -याली गर्न लागेका हौं । बिहान साढे ६ बजेदेखि सुरु भएको इभी -याली ८ बजे समापन हुनेछ ।

-यालीले विद्युतीय सावरी साधनको प्रवद्र्धन गरी आयातित पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न सहयोग पुग्ने विश्वास लिएका छौं । यो -यालीमा इभी प्रयोगकर्ता, इभी बिक्रेता,इभी प्रयोग गर्ने जलविद्युत प्रवर्द्धक, इपान पदाधिकारी लगायत सबैको सहभागिता रहनेछ । ऊर्जा क्षेत्रसँग सम्बन्धित प्रवद्र्धक, लगानीकर्ता, परामर्शदाता पनि सहभागी हुनेछन् । सरकारले सन् २०४५ सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने लक्ष्य लिएको हुँदा यो लक्ष्य भेट्टाउन इभीको संख्या बढाउनु पर्ने आवश्यकता छ । त्यही कारण पनि इभीको प्रवर्द्धन हुने -याली आयोजना गर्नुपर्छ भन्ने निश्कर्षमा हामी पुगेका हौं ।

एक्स्पो अवधिभर जलविद्युतसँग सम्बन्धित ७ वटा सत्र सञ्चालन हुने भनिएको छ । कस्ता कस्ता सत्र सञ्चालन हुँदैछन् ?

पहिलो दिन राष्ट्रपतिबाट उद्घाट भएसँगै हाइड्रो एक्स्पोको औपचारिकरूपमा सुभारम्भ हुनेछ । हाइड्रो एक्स्पो अवधिभर ३ दिनसम्म जलविद्युत उत्पादन, प्रसारण, वितरण तथा व्यापार सँगसम्बन्धित ७ वटा सत्रहरू सञ्चालन हुनेछन् । यी सत्रमा विभिन्न विषयसँग सम्बन्धित ‘प्यानल डिस्कसन’ तथा कार्यपत्रको प्रस्तुतिकरण रहनेछ । सम्बन्धित विषयका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । ‘प्यानल डिस्कसन’मा पनि विज्ञ तथा सरोकारवालाको संलग्नता रहनेछ ।

एक्स्पोमा सर्वसाधारणका लागि प्रवेश शुल्क लाग्छ कि निशुल्क हुनेछ ?

हाइड्रो एक्स्पोमा सर्वसाधारणको प्रवेशका लागि कुनै शुल्क तोकिएको छैन । सबैले निशुल्करूपमा सर्वसाधारणले एक्स्पोको अवलोकन गर्न सक्नेछन् । हाइड्रो एक्स्पोको उद्देश्य नै सर्वसाधारण र जलविद्युत क्षेत्रसँग सम्बन्धित सबैको जमघट एउटै स्थलमा गराउनु रहेकाले प्रवेशका लागि कुनै शुल्क तोकेका छैनौं ।

यो हाइड्रो एक्स्पोमा विगतको भन्दा नयाँ के रहनेछ ?

अहिले ग्रीन हाइड्रोजन सबैका लागि नयाँ विषय छ । यो वर्षको हाइड्रो एक्स्पोमा ग्रीन हाइड्रोजनकाबारेमा प्रस्तुतीकरण तथा छलफलहरू हुँदैछन् । यसबारेमा अध्ययन गरिरहेको काठमाडौं विश्व विद्यालय (केयु) ले गीन हाइड्रोजनसँग सम्बन्धित एउटा स्टल राख्दैछ । ग्रीन हाइड्रोजनबारे अध्ययन गरिरहेका केयुका विद्यार्थीहरू पनि सहभागी हुनेछन् । केयुले आयात गरेको हाइड्रोजन इन्धनबाट चल्ने गाडीको परीक्षण सबै सकिएको अवस्थामा राष्ट्रपतिलाई हाइड्रोजन गाडीमा चढाउने हाम्रो योजना छ ।


Read Previous

तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

Read Next

ग्लोबल आइएमई बैंकद्वारा ७ वटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

Leave a Reply

Your email address will not be published.