Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

१० मेगावाटसम्मका आयोजनाको पिपिएका लागि आवेदन पेश गर्न प्रवर्द्धकलाई प्राधिकरणको आग्रह


काठमाडौं । नेपाल विद्युत प्राधिकरणले १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गर्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले सूचना सार्वजनिक गरी गत माघ २४ गतेको सञ्चालक समितिको निर्णय कार्यान्वयन गर्न साना लगानीकर्तालाई आफ्ना आयोजनाको पिपिएका लागि आवेदन पेश गर्न आग्रह गरेको हो ।

प्राधिकरणले प्रसारण सम्झौता (ग्रिड कनेक्सन एग्रिमेन्ट) भइसकेका तथा हुने चरणमा रहेका १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर) एवं अर्धजलाशय (पिआरओआर) जलविद्युत आयोजनाको लिउ वा तिर (टेक अर पे ) प्रावधानको पिपिए गर्ने सूचनामा जनाइएको छ ।

यस्तै, पहिले नै पिपिए सम्पन्न भइसकेका आरओआर तथा पिआरओआर जलविद्युत आयोजनाको यसबिचमा २५ प्रतिशतसम्म क्षमता अभिवृद्धि गर्ने आयोजनाका प्रवद्र्धकलाई पनि थपिएको क्षमताको पिपिएका लागि प्राधिकरणले आवश्यक कागजातसहित आवेदन मागेको छ ।

क्षमता अभिवृद्धि गर्ने आयोजनाको हकमा पिपिए सीमाको अधिनमा नरहने गरी बढेको क्षमताको लिउ वा तिर (टेक अर पे) प्रावधानमा राखी पिपिए संशोधन गर्ने प्रक्रियाको कार्यान्वयन गर्न गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउने सरकारको रणनीतिक लक्ष्य पूरा १० मेगावाटसम्मका आयोजनाको पिपिए खुलाएको हो । साथै, राष्ट्रिय प्रसारण प्रणालीमा जडित क्षमताको १० प्रतिशत सौर्य विद्युत पुर्याउने गरी थप ८ सय मेगावाटका सौर्य विद्युत आयोजनाको पिपिए गर्दैछ ।


Read Previous

पर्यटककाे पर्खाइमा तमोर नदी क्षेत्र   

Read Next

पर्वतमा चालू वर्ष २० किलोमिटर सडक कालोपत्र हुँदै   

Leave a Reply

Your email address will not be published.