Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

कालीकाेटकाे लालुगाउँमा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत


मान्म । कर्णाली प्रदेशकाे कालीकोटकाे नरहरिनाथ गाउँपालिका–९ को लालुगाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत पहुँच पुगेकाे छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरेपछि याे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत विद्युत पहुँच पुगेकाे हाे ।

पहिलोपटक गाउँमा प्राधिकरणकाे ११ केभी वितरण लाइनबाट लालुगाउँका २ सय घरधुरीमा विद्युत पहुँच पुगेको वडाध्यक्ष प्रदीप बोहोराले जानकारी दिए । “विद्युतीकरणको सुविधा पाएपछि यहाँका नागरिकमा खुशी छाएकाे छ”,उनले भने,“अब यहाँका स्थानीयबासीकाे  जीनस्तरमा थप सुधार हुने अपेक्षा गरेका छाैं”,

उनका अनुसार याे गाउँमा राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार नहुँदा यसअघि सौर्य बत्तीमार्फत नागरिकलाई सेवा प्रवाह हुँदै आएको थियो ।

विद्युत् सेवा जडान भएसँगै यहाँका स्थानीयको दैनिकी सहज हुन थालेकाे वडाध्यक्ष बोहोराले बताए । “ पहिलो चरणमा २ सय घरधुरीमा विद्युत् जडान गरिएको छ । यहाँका करिब एक हजार घरधुरीमा अबको एक महिनाभित्र बत्ती बाल्ने योजना छ”, उनले भने ।

कालीकोटका ९ स्थानीय तहमध्ये आठवटामा विद्युत पुगेको र पलाँता गाउँपालिकामा मात्र विद्युत पुग्न बाँकी रहेको विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्र प्रमुख विमलप्रसाद साहले बताए । “विद्युत् पुगेका पालिकाको वडा, प्रत्येक टोलमा प्रसारण लाइन जडानको काम चलिरहेको छ”, उनले भने, “चालु आर्थिक वर्षमा जिल्लाभर विद्युत् विस्तार गर्ने लक्ष्य राखिएको छ ।”

जिल्लामा कूल २६ हजार ७ सय ७९ घरधुरीमध्ये हालसम्म ५ हजार ५ सय घरमा विद्युतकाे मिटर जडान गरिएको प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।


Read Previous

१०६३ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनाको परामर्शदाता छनाेट

Read Next

पेट्रोल, डिजेल र मट्टीतेलकाे मूल्य बढ्यो   

Leave a Reply

Your email address will not be published.