Nepal Purbadhar

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

शनिबार, बैशाख २९, २०८१
Saturday, May 11, 2024

म्याग्देखोला र बुल्दीखोलामा पुल बन्दा ४ हजार बढी घरधुरीका बासिन्दा   


तनहुँ । चालू आर्थिक वर्षमा २ वटा मोटरेबल पुल निर्माण भएपछि ४ हजारभन्दा बढी स्थानीयबासी लाभान्वित भएका छन् । म्याग्दे गाउँपालिका-४ र ७ जोड्ने म्याग्देखोला र व्यास-११ सेरास्थित बुल्दीखोलामा पुल निर्माणले स्थानीयकाे जनजीवन सहज भएकाे हो ।

स्वीस सरकार विकास सहयोगअन्तर्गत स्थानीय सडक पुल कार्यक्रमको प्राविधिक सहयोगमा क्रमशः १२ र २० मिटर लम्बाइको पुल निर्माण भएको स्थानीय सडक पुल कार्यक्रमका प्राविधिक अधिकृत सागर खाम्चाले जानकारी दिए ।

पक्की पुल निर्माणसँगै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजारसम्म लैजान र गाउँमा ढुवानी गर्न सहज भएको छ । म्याग्दे खोलामा निर्माण गरिएको पुलबाट १ हजार ५ सय घरधुरीका बासिन्दा लाभान्वित भएका छन् ।

याे पुल १ करोड ४१ लाख ५८ हजार ९ सय ९० रुपैयाँ लागतमा निर्माण भएको हो । २०७९ भदौ १ मा सम्झौता भई २०८० साउन ३१ गतेभित्र सम्पन्न गर्ने गरी माई कन्स्ट्रक्सन एण्ड बिल्र्डस पर्वतले पुल निर्माणको ठेक्का पाएको थियो ।

बुल्दीखोलामा निर्माण गरिएको पुलबाट २ हजार ६ सय ४० घरधुरीका बासिन्दा लाभान्वित भएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । याे पुल ३ करोड १२ लाख ४६ हजार ६ सय १३ रुपैयाँ लागतमा निर्माण भएको हो । २०७९ भदौ १ गते सम्झौता गरी २०८१ बैशाख ४ गते सम्पन्न गर्ने गरी माई–डिएस जेभीले ठेक्का लिएको थियो ।


Read Previous

मोदी खोलामा मोटरेवल पुल निर्माण गर्न स्थानीय माग

Read Next

बजेट पाएपछि वर्षौँंदेखि अलपत्र बिहुँ-घोडाबाँधे सडक खण्ड कालोपत्र हुने आशा

Leave a Reply

Your email address will not be published.