Nepal Purbadhar

नेपालमा ऊर्जा क्षेत्रका पूर्वाधार परियाेजनामा लगानीमैत्री वातावरण बनेकाे छ : आइएमएफ   


काठमाडौं ।  अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको अर्थतन्त्रमा विविध चुनौतीका बाबजुद ऊर्जाका परियाेजनाकाे  पूर्वाधार विकासमा लगानीमैत्री वातावरण सकारात्मक रहेकाे ठहर गरेकाे छ । हाल नेपाल भ्रमणमा रहेकाे आइएमएफ टाेलीले जलविद्युत तथा प्रसारण लाइनका परियाेजनामा लगानीकाे वातावरण बनेकाे ठहर गरेकाे हाे ।

आइएमएफ टोलीले नेपालको समग्र अर्थतन्त्रको विकास र स्थितिबारे छलफल गरी भ्रमणको समापनका अवसरमा आफ्ना निष्कर्षहरू सार्वजनिक गरेको छ । कोषका टिडाइन किण्डा नेतृत्वमा आएको भ्रमण टोलीले नेपालको विप्रेषण आय र पर्यटक बढ्दो भए पनि निर्यात वृद्धि नहुनु र मुद्रास्फिति बढ्नुले चुनौती देखिएको निचोड निकालेको छ ।

टोली प्रमुख किण्डाले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विदेशमा बसाइँसराइ रोकिनुपर्ने र राजस्व परिचालनका दायरा बढाउनुपर्नेमा जोड दिए । उनले नेपालमा हुन लागेकाे लगानी सम्मेलनमा विद्यमान चुनौतीहरूका सम्भावनाहरूलाई पहिल्याइने बताए।

टोलीले अर्थमन्त्री डा प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत अधिकारीसँग छलफल गरेको थियो । छलफलमा कोषका एसिया प्रशान्त क्षेत्रका उपनिर्देशक गुल्डे वल्फलगायत सहभागी भएका थिए ।


Read Previous

दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक बनेपछि खाल्ले गाउँमा पुग्याे यात्रु बाेकेकाे बस

Read Next

पूरा हुँदै ४०० केभी हेटाैंडा सबस्टेसन, एक महिनामा सञ्चालन गर्ने तयारी