Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

हिमालयन हाइड्रो एक्स्पोकाे चाैंथाे संस्करण बैशाखमा


काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इपान) ले हिमालयन हाइड्रो एक्स्पोको चौथो संस्करण आगामी बैशाखमा आयोजना गर्ने भएको छ । इपानले हरेक दुई दुई वर्षमा आयोजना गर्दै आएको हाइड्रो एक्स्पोकाे चाैंथाे संस्करण आगामी बैशाख १२, १३ र १४ गते हुन लागेको हो ।

एक्स्पो आयोजनाका लागि इपान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सरकारले १२ वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तयार गरेर १० हजार मेगावाट विद्युत भारतमा र ५ हजार मेगावाट बंगलादेशमा र १३ हजार ५०० मेगावाट विद्युत आन्तरिक रुपमा खपत गर्ने योजना बनाएको छ ।

नेपाल र भारतबीच नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतमा निर्यात गर्ने सम्झौता भरखरै भएको छ । यस्तो अवस्थामा जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्ने उद्देश्यसहित एक्स्पो आयोजना गर्न लागिएको इपानका अध्यक्ष गणेश कार्कीले बताए ।

नेपालमा ऊर्जा क्षेत्रका लगानीकर्ताहरुको एक मात्र संस्था इपानले आयोजना गर्ने एक्स्पोमा सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुने विदेशी लगानीकर्तालाई समेत एक्स्पोमा सहभागी गराएर लगानीको वातावरण निर्माण गर्ने लक्ष्य राखिएको कार्कीको भनाइ छ ।

एक्स्पोमा जलविद्युत आयोजना निर्माणमा प्रयोग हुने मेसिनरी औजारहरु, बैंक तथा वित्तीय संस्थाहरु, बीमा कम्पनीहरु, सिमेन्ट, डण्डी लगायतका सामाग्रीको प्रदर्शनी हुनेछ । यस सँगै जलविद्युत, सोलार, हाइड्रोजन लगायतका विषयमा सेमिनार तथा छलफलहरुसमेत आयोजना गरिने छ ।

एक्स्पोमा ऊर्जा क्षेत्रका इनोभेटिभ आइडियाहरुकोबीचमा प्रतिस्पर्धा गराउनुका साथै विभिन्न विद्युत आयोजनाको वारेमा जानकारी दिन डेमोहरु प्रस्तुत गरिने छन् । एक्स्पोमा २०० भन्दा बढी स्टल रहने र करीब २५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको छ ।


Read Previous

काभ्रेका ३ गाउँपालिकामा विद्युत पहुँच पुर्याउन राष्ट्रिय प्रसारण प्रणाली विस्तार

Read Next

वैकल्पिक ऊर्जाकाे स्राेतबाट ८५ मेगावाट विद्युत उत्पादन,मन्त्री बस्नेत भन्छन्,‘नवीकरणीय ऊर्जा विधेयक एक महिनाभित्र संसदमा पेस गर्छौं’

Leave a Reply

Your email address will not be published.