Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

जुम्ला-मनाङ जोड्ने सडककाे २ किलाेमिटर खण्डमा ग्राबेल  


जुम्ला। जुम्ला-डोल्पाहुँदै मनाङ मुस्ताङसम्म जोड्ने ४३ किलोमिटर सडकमध्ये पहिलो चरणमा दुई किलोमिटर सडकको ग्राबेल भएको छ । पूर्वाधार विकास कार्यालय जुम्लाले दानसाँघु, गुठीचौर, चोत्र र डोल्पाको काईगाउँसम्मको १४ किलोमिटरमध्ये हाल दुई किलोमिटर सडक ग्राबेल गरेकाे हाे ।

गज्र्याङ्कोटको खोडेखोलादेखि गुठीचौरको लाग्नासम्म दुई किलोमिटर सडक ग्राबेल गरिएको कार्यालयका प्राविधिक कृष्ण महतले जानकारी दिए । बर्खामा हिलाम्यहुने र गाडी डुब्ने ठाउँमा पहिलो चरणमा ग्राबेल भएको कार्यालयका फिल्ड प्राविधिक महतले बताए ।

ग्राबेल भएको सडकमा गुठीचौर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा र प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरी नेतृत्वले टिमले अनुगमनसमेत गरेको छ । सडक ग्रोबल भएपछि पर्यटकीय क्षेत्र गुठीचौरसम्म जाने सडक बाह्रैमहिना सञ्चालन हुने गाउँपालिका अध्यक्ष बुढाले बताए ।

यो सडक खण्डमा बर्खामा मानिसलाई हिँड्न गाह्रो हुन्थ्यो, ग्राबेल भएपछि सहज भएको उनकाे भनाइ छ । गुठीचौर घुम्न आउने आन्तरिक पर्यटकलाई राहत पुग्ने गरी काम भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धुव्रराज गिरीले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालयले जिम्मेवारी पाएको १४ किलोमिटर सडकलाई यसै वर्षभित्र ग्राबेल गर्ने गरी काम गरिने कार्यालयले जनाएको छ । पञ्चवर्षीय योजना अन्तर्गत तीन वर्ष वितिसकेको छ । ३२ करोड रुपैयाँको बोलपत्र आह्वान भएकोमा कनकासुन्दरी निर्माण सेवा कम्पनीले १७ करोड रुपैयाँमा १४ किलोमिटर सडक ग्राबेल गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयमा सूचना अधिकारी टेकबहादुर हितानले बताए ।

जुम्लादेखि डोल्पासम्मको सडक खण्ड निर्माणले गति लिएको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार दुई जिल्लाको सीमा क्षेत्र मौरे लेकको विभिन्न स्थानमा काम निरन्तर रूपमा अगाडि बढेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख दीपेन्द्र विष्टले जानकारी दिए । जुम्लादेखि डोल्पाको मौरे लेकसम्म ४३ किलोमिटर छ । थप सडक निर्माण र स्तरवृद्धिका लागि बजेटको अभावले काम गर्ने कठिन भएको कार्यालय प्रमुख विष्टको भनाइ छ ।

जुम्ला–डोल्पा सडकमा चार स्थानमा पक्की पुल निर्माण गर्ने डिपिआर निर्माण भए पनि रकम अभावले ठेक्का खोल्न सकिएका छैनन् । कच्ची सडक खनेपछि भने त्यस क्षेत्रमा मालबाहक ट्र्याक्टर तथा साना सवारी गुडिरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।


Read Previous

न्युराेड क्षेत्रमा पार्किङ निषेध गरेपछि विराेधमा उत्रिए व्यवसायी

Read Next

अक्षते-लेखानी सडक : ट्रयाक खुलेको २० वर्षपछि बल्ल स्तरोन्नतिकाे तयारी   

Leave a Reply

Your email address will not be published.