Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने   राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने

वीरगञ्ज नाकाबाट १ हजार ९ सय ६३ विदेशी पर्यटक भित्रिए   


वीरगञ्ज । पर्साको वीरगञ्ज भन्सार नाकाबाट एक वर्षको अवधिमा १ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । वीरगञ्जस्थित पर्यटक प्रहरी कार्यालयका अनुसार गत २०७९ पुस १ गतेदेखि २०८० मङ्सिर ३० गतेसम्म सो नाकाबाट १ हजार ९ सय ६३ विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।  एक हजार ९ सय ६२ विदेशी पर्यटक बाहिरिएका छन् ।

अघिल्लो वर्ष सोही अवधिमा वीरगञ्ज नाकाबाट ६ सय ५९ विदेशी पर्यटक नेपाल भित्रिएको ५ सय ५ विदेशी पर्यटक बाहिरिएका थिए । नेपालको हावापानी र घुमफिर गर्ने मौसमको दृष्टिकोण उपयुक्त मानिएको असोज, कात्तिक, मङ्सिर र पुस महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या अन्य महिनाको तुलनामा बढी रहेको पर्यटन प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक अनिलकुमार महतोले जानकारी दिए ।

नेपालमा पर्यटकीय आकर्षणका क्षेत्र बढ्दै गएको, हावापानी उपयुक्त भएको र कोरोना सङ्क्रमण न्यून भइसकेकोलगायत कारणले वीरगञ्ज नाकाबाट पर्यटक भित्रिने क्रम बढेको उनकाे भनाइ थियो । भारतको विभिन्न हुँदै वीरगञ्ज नाकाबाट नेपाल भित्रिने पर्यटकमा बढी अमेरिका, फ्रान्स, थाइल्याण्ड, जर्मनी, युएसए र क्यानडाका पर्यटक रहेको प्रहरी नायब निरीक्षक महतोले बताए ।

वीरगञ्ज नाकाबाट भित्रिने विदेशी पर्यटकलाई होटल, यातायात तथा अन्य क्षेत्रमा असुविधा वा ठगी हुन नदिन सचेत गराउनाका साथै दुर्घटनामा परी घाइते भएका विदेशी पर्यटकलाई उपचार गराई परिवारको जिम्मा लगाउने कार्यसमेत पर्यटक प्रहरी कार्यालयले गर्दै आएको उनकाे भनाइ थियो ।


Read Previous

मिलनचोक-रातोढुंगा प्रसारण लाइनको परीक्षण सुरु,वितरण प्रणाली सुधारिने   

Read Next

सामाजिक सञ्जाल नियमनका लागि मस्यौदा तयार   

Leave a Reply

Your email address will not be published.