Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

पर्यटकीय क्षेत्र गाजाको दह पुग्ने सडकको दुरावस्था


ढोरपाटन (बागलुङ) ।  बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाईमा पर्छ । तर यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षैदेखि सास्ती खेप्दै आएका छन् ।

बागलुङको सिङ्गो दक्षिण भेगलाई जोड्ने गरी निर्माण भएको बागलुङ–सिगाना–बरेङ सडकको ट्रयाक खुलेको एक दशक बितिसक्दा पनि स्तारोन्नति हुन सकेको छैन । यस सडकलाई बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को गौरवको आयोजनाका रुपमा राखिएको छ । बागलुङ बजारदेखि सिगानासम्मको सडकलाई स्तरोन्नति गर्न थालिए पनि सिगानादेखि बरेङसम्मको खण्ड भने जोखिमपूर्ण छ ।

गाजाको दह सिगाना र बरेङबीचमा पर्ने हुँदा यहाँसम्म जोडिने सडक स्तरोन्नति हुन सकेको छैन । यही सडक भएर जैमिनी नगरपालिका–३ दमेक र बरेङ गाउँपालिकाका नागरिक दैनिक सदरमुकाम बागलुङ बजार आउजाउ गर्छन् । जोखिमपूर्ण सडक कै कारण गाजाको दह पुग्ने पर्यटक पनि घट्न थालेका छन् । सिगानादेखि गाजाको दहसम्मको सडक स्तरोन्नतिका लागि स्थानीयले बारम्बार माग गरे पनि सुनुवाई हुनसकेको छैन ।

बर्खामा हिलो र हिउँदमा धुलोले पर्यटकसमेत आजित बनेका छन् । दर्जनौँ हिमश्रृङ्खलाको दृश्य अवलोकन, ग्रामीण जनजीवन बुझन र उच्च पहाडको हावापानीसँग स्वादन गर्नका लागि यहाँ ओइरिने पर्यटक सडकको दुरावस्थाका कारण घट्न थालेको जैमिनी नगरपालिका–३ का प्रेमबहादुर विकको भनाइ छ ।

पहिले–पहिले दैनिक पर्यटक आउने गरे पनि अहिले निकै कम आउन थालेको उनको भनाइ छ । उहाँले आफूहरु दैनिक यही सडक भएर सामान किनमेल र कामकाजका लागि बजार झर्ने भन्दै सडकमा भएको धुलो र ठूलाठूला खाल्डाखुल्डीले यात्रालाई असहज बनाएको गुनासो गरे । लामो समयसम्म पनि सडक नबन्दा गाउँमा आउने पाहुना र गाजाको दहमा आउने पर्यटक बढाउन नसकिएको विकले बताए । नेताहरुले स्तरोन्नति गर्ने आश्वासन दिए पनि बजेट विनियोजन गरेर काम गर्न भने नसकेको उनको भनाइ छ ।

विकले भने, ‘यो सडक निकै साँघुरो छ, हिलो र धुलोको त झन के कुरा गरौँ, भनिनसक्नु छ, जङगलबीच हुँदै आएको छ सडक, बर्खामा भत्किएपछि गाउँलेलेनै खनेर बनाउँछन् सुरुमा ट्रयाक खोलेदेखि अहिलेसम्म एकपटक पनि सम्याउने, नाली निर्माण गर्ने काम भएको छैन, केही फराकिलो बनाएर नाली निर्माण गरिदिए त सहज हुन्थ्यो तर कसको ध्यान जाने ?’

बरेङ गाउँपालिका–२ का मीनबहादुर थापाले यो सडक स्तारोन्नति गर्न नसक्दा धेरैले ज्यान गुमाउनु परेको समेत सुनाए । सडक साँघुरो भएका कारण समय–समयमा दुर्घटना हुने गरेको उनको भनाइ छ । बजार पुग्ने मुख्य सडक भएकाले दैनिक सयौँ मान्छे यही बाटो भएर यात्रा गर्ने थापाले बताए । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सडक स्तरोन्नतिका लागि माग गरे पनि सुनुवाई नभएको उनको गुनासो छ ।

बागलुङ बजारदेखि सिगानासम्मको सडक निर्माणको जिम्मा कर्ण बिल्डर्सले धमाधम गरेको थियो । तर पछिल्लो समय भुक्तानी नपाएपछि काम रोकिएको छ । तीस महिनाको अवधि पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ । भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको हो ।

निर्माण कम्पनीका प्रमुख नविन गुरुङले गत वर्ष गरेको कामको साढे दुई करोड रुपैयाँ अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताए । निर्माणका लागि सडक डिभिजन कार्यालयसँग २९ करोड रुपैयाँको सम्झौता गरेको काम सुरु गरेको भन्दै हालसम्म साढे नौ करोड रुपैयाँभन्दा बढीको काम गरेको उनको दाबी छ ।


Read Previous

हतुवागढी ‘लिफ्ट’ आयोजनाको काम अन्तिम चरणमा

Read Next

विद्युत् छ : पङ्खा, टिभी र पानी तान्ने उपकरण चल्दैन

Leave a Reply

Your email address will not be published.