Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

लगानी सम्मेलनमा मादी परियोजना समावेश गर्न अनुरोध


दमौली । सरकारले निकट भविष्यमा आयोजना गर्ने लगानी सम्मेलनमा तनहुँको मादी नदी उपत्यका परियोजनालाई समावेश गर्न अनुरोध गरिएको छ । उक्त सम्मेलनमा मादी उपत्यका परियोजनालाई समवेश गर्न व्यास नगरपालिकाका तर्फबाट अनुरोध गरिएको हो ।

नगरपालिकाको कार्यपालिका बैठकले उक्त परियोजनालाई पनि समावेश गराउन सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । परियोजनाको गुरुयोजना तयार भइसकेकाले सरकारले यसलाई लगानी सम्मेलनमा समावेश गर्ने उहाँले विश्वास व्यक्त गरे ।

नगरप्रमुख न्यौपानेले व्यासको वृहत्तर र एकीकृत विकासका सम्बन्धमा विज्ञहरुसँग पटक–पटक छलफल गर्दा व्यास एकीकृत मादी नदी उपत्यका विकास परियोजनाको अवधारण आएको जानकारी दिए । उनले भने, ‘स्थानीय स्रोत र साधनलाई अधिकतम प्रयोग गर्दै त्यसमा केही कृत्रिमस्वरुप समेत बनाए पछि पर्यटन र व्यापार व्यवसायले राम्रो लाभ लिन सक्ने भएकाले सो परियोजना अगाडि बढाउन खोजेका हाैं ।’

मादी नदीको १८ किलोमिटर क्षेत्रलाई केन्द्रमा राखेर विभिन्न योजना अगाडि बढाउन नगरपालिकाले सङ्घीय सरकारको साथ खोजेको छ । गुरुयोजनाअनुसार १५ वर्षे उक्त एकीकृत योजना अन्तर्गत २६ वटा परियोजना समेटने तयारी गरिएको छ । जसको लागत २६ अर्ब  रूपैयाँ रहने बताइएको छ ।

यहाँ व्यास सरोवर, बोटानिकल गार्डेन, औद्योगिक क्षेत्र, जनजातिको समुदाय, भानु एजुकेशन सेन्टर, व्यास स्र्पोट सेन्टर, मादी नदी बोटिङ प्रोजेक्ट, हाउजिङ प्रोजेक्ट, ठोस फोहरमैला व्यवस्थापन योजनालगायत २६ वटा योजना समेटिने गुरुयोजनामा उल्लेख छ ।

उक्त परियोजनाको गुरुयोजना निर्माण अघि यहाँका जनप्रतिनिधि, राजनीतिज्ञ, व्यवसायी र अन्य सरोकारवालाले मादी नदीसँगैका जमिन अधिग्रहण, मादीको वहाब नियन्त्रण, सामाजिक तथा आर्थिक पक्ष, वातावरणीय पक्ष, निजी जग्गा मुआब्जा, पर्यटन विकासका पूर्वाधार, पर्यटनका सम्भावना र चुनौती, लगानीको मोडल, जग्गा व्यवस्थापन, सहरी विकास योजना, जलविद्युत उत्पादन क्षमता, निजी क्षेत्रसँग समन्वय र सहकार्य, लगानी सुरक्षित हुने आधार, स्थानीय बासिन्दाले लिनसक्ने फाइदा, फोहरमैला व्यवस्थापन, सम्भावित लगानीकर्ताको सुचि निर्माण, व्यास–पराशर–मानहुँकोटलाई कसरी जोडने, नेतृत्वकर्ताको स्पष्ट भिजन र प्रतिबद्धता हुनुपर्नेलगायत सुझाव दिएका थिए ।


Read Previous

ठूलोखोला जलविद्युत् आयोजनाको टनेल ‘ब्रेकथ्रु’

Read Next

पृथ्वीराजमार्गको पश्चिम खण्ड २० किमि ६ लेनको बन्ने

Leave a Reply

Your email address will not be published.