Nepal Purbadhar

मन्त्रिपरिषद्का निर्णय:भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला नियुक्त

फाइल तस्बीर


काठमाडौं । सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा बलभद्र बास्तोला (कास्की) लाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।

साथै आयोगका सदस्यमा अमिरप्रसाद न्यौपाने (काठमाडौं), पद्मनीति सोती (लमजुङ) र डा. रोना श्रेष्ठ (काठमाडौं) लाई नियुक्त गरिएको सरकारले जनाएको छ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै यसबारे जनाकारी दिएका हुन।

सरकारले ओजन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत गर्नेदेखि सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक नियुक्तिसम्मका विभिन्न निर्णय गरेको छ।


Read Previous

छानबिन आयोगको प्रतिवेदनमा सुरक्षा संयन्त्रसम्बन्धी अध्ययन समितिको कार्यावधि थप

Read Next

जलाशययुक्त आयोजनाको हिस्सा ३०/३५ प्रतिशत नपुगेसम्म नेपाल बिजुलीमा आत्मनिर्भर बन्न सक्दैन-अर्जुन कुमार गौतम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar