
फाइल तस्बीर।
काठमाडौं ।सरकारले ओजन तह संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता स्वीकृत गर्नेदेखि सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक नियुक्तिसम्मका विभिन्न निर्णय गरेको छ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजन तहलाई हानि पुर्याउने पदार्थको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मन्ट्रियल प्रोटोकल कार्यान्वयनका लागि आवश्यक सम्झौता स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।
बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्र प्रहरी नायब निरीक्षक अञ्जनीकुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।
