Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

जलवायु चुनौतीको सामना गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवलम्बनमा जोड


युएई (दुबई) । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले जलवायुको चुनौतीलाई सम्बोधन गर्न प्रकृतिमा आधारित समाधानका उपाय अवम्बन गर्नुपर्नेमा जोड दिएका छन् ।

संयुक्त अरब इमिरेट्स (इमिरेट्स) को दुबईमा जारी जालवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) का क्रममा नेपाल पेभिलियनमा आज आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

मन्त्रालयको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले आयोजना गरेको ‘विल्डिङ ब्लक्स अफ क्लाइमेट एम्बिसनः पिपुल नेचर एण्ड एक्सन’ विषयक कार्यक्रममा उनले भने, ‘जलवायुको चुनौती सामना गर्न समुदायमा आधारित दृष्टिकोणमार्फत स्थानीय समुदायको सक्रिय सहभागितामा प्रकृति संरक्षण आवश्यक छ । यसमा आधारित समान दृष्टिकोणलाई सुदृढ पार्ने गरी तल्लो तहको निरन्तर प्रयास खुसीको विषय हो । जलवायुका कार्य सुदृढ गर्न र सबै सरोकारवालाहरूको क्षमता अभिवृद्धि गर्न थप वित्तीय स्रोत ल्याउनुपर्छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का विकास व्यवस्थापन विज्ञ तथा जलवायु सल्लाहकार डा. पपुलर जेन्टलले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तहलाई सबल बनाउने र नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए । मन्त्रालयका सचिव डा. दीपककुमार खरालले जलवायुमा आधारित समाधानका उपायका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराए ।

सङ्घीय संसद् सचिवालयका सचिव डा रोजनाथ पाण्डेले जलवायुको चुनौती समाधानका लागि नेपालले कानुन निमार्णका क्रममा प्रकृतिमा आधारित समाधानका उपायहरुलाई ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यक्रममा कोषका सदस्यसचिव शरद्चन्द्र अधिकारीले कोषले प्रकृतिमा आधारित समाधानका उपायका लागि स्थानीय तह र समुदायलाई प्रोत्साहन गर्ने तथा सबल बनाउने काम गरिरहेको बताए ।


Read Previous

१ हजार २१ वटा झोलुङ्गे पुल निर्माण

Read Next

एनसेल बिक्री प्रकरण : महालेखापरीक्षकको संयोजकत्वमा समिति गठन

Leave a Reply

Your email address will not be published.