Nepal Purbadhar

एनआरएनएले १० करोडको राहत कोष बनाउने, अध्यक्ष शर्माले २१ लाख दिने


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले १० करोडको राहत कोष बनाउने भएकाे छ । एनआरएनएले अबकाे २ वर्षभित्र आपतकालीन राहत तथा उद्धार  कोष बनाउने घोषणा गरेकाे हाे ।

काेषमा आफ्नाेतर्फबाट २१ लाख रुपैयाँ राहत काेषमा याेगदान गर्ने अध्यक्ष आर के शर्माले घाेषणा गरेका छन् । शुक्रबार राती जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पबाट पीडित नेपालीहरूलाई तत्काल सहयोग गर्ने उद्देश्यले आयोजित पहिलो बैठकमै झन्डै एक करोड रुपियाँ बराबरको सहयोग जम्मा भएको छ।

जूम माध्यमद्वारा आयोजित बैठकमा बोल्दै  अध्यक्ष शर्माले नेपालमा भूकम्प, बाढी, पहिरो तथा कोभिड महामारीको बेलामा संसार भरिका नेपालीहरुले दिल खोलेर सहयोग गरेको स्मरण गरे।  उनले तीनै तहका सरकारसंग समन्वय गरी पछिल्लो भूकम्पबाट पीडित नेपाली नागरिकलाई सक्दो सहयोग गर्न गर्ने बताए।

कोषका लागि महासचिव बुद्धिसागर सुवेदीले १९ लाख रुपैयाँ , कोषाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले १७ लाख रुपैयाँ, पूर्व अध्यक्ष कुल आचार्यले ५ लाख ५ हजार ५५५ रुपैयाँ जम्मा गर्ने घाेषणा गरेका छन् । यस्तै, उपाध्यक्ष खगेन्द्र न्यौपाने, युवा उपाध्यक्ष अब्दुल बशिद तथा सचिव लोक दाहालले जनही ५ लाख रुपियाँ रुपैयाँ दिने भएका छन् ।

उपाध्यक्ष  गोविन्द श्रेष्ठ ‘रोविन्द’ ले ३ लाख रुपैयाँ, कृष्ण जीवि पन्थ ले २ लाख १११ रुपैयाँ राहत काेषका लागि   सहयोग प्रदान गर्ने घोषणा गरेका छन्।  त्यस्तै उपाध्यक्ष डा. केशव  पौडेल, उपाध्यक्ष गंगाधर गौतम, सचिव  दयानिधि सापकोटाले जनही एक लाख रुपैयाँ प्रदान गर्ने प्रतिबद्धता जनाए।

एनआरएनए आइसीसीका कोषाध्यक्ष ठाकुर ढुंगानाले आइतबारभित्र बैंक खाता खोली  रकम काेषमा रकम जम्मा गर्न सुरु गरिने बताए ।


Read Previous

हरित हाइड्रोजन इन्धनबाट चल्ने गाडी नेपाल ल्याइयो, तिहारपछि गुडाएर परीक्षण गरिने

Read Next

पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरिने