Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

हरित हाइड्रोजन इन्धनबाट चल्ने गाडी नेपाल ल्याइयो, तिहारपछि गुडाएर परीक्षण गरिने


काठमाडौं । काठमाडौं विश्व विद्यालयले हरित हाइड्रोजन इन्धनबाट चल्ने गाडी नेपाल ल्याएको छ । विश्व विद्यालयको हरित हाइड्रोजन ल्याबले दक्षिण कोरियामा बनेको हाइड्रोजन कार परीक्षण सञ्चालनका लागि शनिबार नेपाल ल्याइपुर्याएको हो ।

विश्व विद्यालय परीसरमा आइपुगेको कार तिहारपछि औपचारिकरूपमा उद्घाटन गरी हरित हाइड्रोजन इन्धनबाट परीक्षण सञ्चालन गरिने सह-प्राध्यापक एवं ल्याब प्रमुख विराजसिंह थापाले बताए । उनका अनुसार कारमा इन्धन भर्न ल्याब परिसरमा नै हरित हाइड्रोजन इन्धन स्टेसन निर्माण गरिएको छ ।

‘विश्व विद्यालयले लामो समयदेखि हरित हाइड्रोजनको उत्पादन र यसको उपयोगका सम्भन्धमा अध्ययन अनुसन्धान गर्दै आइरहेको छ,’ उनले भने, ‘यसै सन्दर्भमा हरित हाइड्रोजनलाई इन्धनको रुपमा उपयोग गरेर हेर्न कोरियामा बनेको कार ल्याएका छौं । अब परीक्षण सञ्चालन गरेर हेर्छौं ।’ उनले हरित हाइड्रोजनलाई इन्धनकोरूपमा उपयोग गर्ने प्रविधि विश्वका धेरै मुलुकले पहिले नै उपयोगमा ल्याइसकेको भएपनि नेपालमा भने पहिलो पटक परीक्षण गरेर हेर्न लागिएको बताए ।

विश्व विद्यालयले नेपाल आयल निगमसँगको सहकार्यमा हाइड्रोजन इन्धन कार सञ्चालनको तयारी गरेको हो । विश्व विद्यालय परिसरमा बनेको हरित हाइड्रोजन इन्धन स्टेसनको डिजाइन विद्यार्थीहरूले नै तयार गरेका हुन् ।

‘अहिले तयारी अवस्थामा रहेको हरित हाइड्रोजन इन्धन स्टेसनको डिजाइन हाम्रा विद्यार्थीहरूले नै लामो अध्ययनपछि तयार गरेका हुन् । विद्यार्थीकै डिजाइनका आधारमा दक्षिण कोरियाबाट उपकरण आयात गरी जडान गरेर निर्माण गरेका छौं,’ उनले भने । हरित हाइड्रोजन इन्धन भरेपछि यो कार एक पटकमा ८ सय किलोमिटरसम्म गुड्न सक्नेछ ।

हरित हाइड्रोजन इन्धन पेटोलियम इन्धन प्रतिस्थापनको उत्तम विकल्प हुने हुँदा सरकारले नीतिगतरूपमा बाटो खुल्ला गरी निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्नुपर्ने थापाले बताए । ‘हामीले त नेपालमा हरित हाइड्रोजनको व्यापारिक उत्पादन तथा खपत र लगानी सम्भाव्यताकाबारेमा अध्ययन अनुसन्धान मात्रै गरिरहेका छौं,’ उनले भने, ‘लगानीका लागि सरकारले नै नीतिगत व्यवस्था गरेर आह्वान गर्नुपर्ने हुन्छ । अब ढिलो नगरी नीति ल्याउन आवश्यक भइसकेको छ ।’

उनले हरित हाइड्रोजनका सम्बन्धनमा जति नै अध्ययन अनुसन्धान गरेपनि यसको व्यापारिक उत्पादन तथा बिक्री वितरणका लागि नीति आउन आवश्यक रहेको बताए । विज्ञहरूले हरित हाइड्रोजन सम्बन्धि राष्ट्रिय नीतिको ड्राफ्ट तयार गरी सरकारलाई बुझाइसकेको भएपनि अहिलेसम्म ल्याइएको छैन ।

‘हरित हाइड्रोजनका सम्बन्धमा धेरैले बुझ्दै गइरहेका छन् । यसको व्यापारिक उत्पादन तथा बिक्री वितरण गर्न अब कानूनीरूपमा पनि चिनाउन बाँकी छ । त्यसका लागि नीति ल्याइनु पर्छ’, उनले भने ।

उनले हरित हाइड्रोजनलाई इन्धनकोरूपमा बर्गिकरण गरी यो इन्धनबाट चल्ने सवारी साधनलाई यातायात व्यवस्था विभागबाट नम्बर प्लेट लिने व्यवस्था कानूनीरूपमा सरकारले चाँडै गर्नुपर्नेमा जोड दिए ।

विश्व विद्यालयले लामो समयदेखि हरित हाइड्रोजनको व्यापारिक उत्पादनको सम्भाव्यता, इन्धनको रूपमा उपयोग तथा लगानीका सम्बन्धनमा अध्ययन अनुसन्धान र परीक्षण गर्दै आइरहेको छ । अन्तर्राष्ट्रियरूपमा गरिएको अध्ययनले पनि नेपालमा हरित हाइड्रोजन उत्पादनको सम्भाव्य रहेको देखाएको छ ।


Read Previous

नयाँ बसपार्कबाट भूकम्प प्रभावित जिल्लामा जान निःशुल्क बस सेवा

Read Next

एनआरएनएले १० करोडको राहत कोष बनाउने, अध्यक्ष शर्माले २१ लाख दिने

Leave a Reply

Your email address will not be published.