Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

बढीले क्षतिग्रस्त लघुजलविद्युत केन्द्र मर्मत हुँदा लुलाङमा ३ महिनापछि बल्याे बिजुली


म्याग्दी ।म्याग्दीको धवलागिरि गाउँपालिका-२ मा ३ महिनापछि बिजुली बलेको छ । बाढीले क्षतिग्रस्त मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत केन्द्रकाे पुर्निर्माण गरी सञ्चालमा आएपछि गाउँमा बिजुली बलेकाे हाे ।

लघुजलविद्युत केन्द्रकाे विद्युतगृह गत असार अन्तिम साता बाढीले बगाएको थियो । विद्युतगृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए ।

विद्युतगृहकाे मर्मत गरेर ३ महिनापछि मङ्गलबारदेखि विद्युत् आपूर्ति भएको लमसुङका भक्त सिंकिजा पुनले बताए ।“दसैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ”,उनले भने, “परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।”

दरखोला दोस्रो लघुजलविद्युत केन्द्र मर्मतका लागि धवलागिरि गाउँपालिकाले ५ लाख ५० हजार रुपैयाँ  र जिल्ला समन्वय समितिले  पनि ५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर गौचनले पहिरोले पुरिएर भत्किएको विद्युतगृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताए ।

लघु जलविद्युत केन्द्र सञ्चालन भएपछि ४ वटा बस्तीका ३ सय ७० परिवार लाभान्वित भएका छन् । “नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युतगृह र पेनस्टक पाइप बगाएको थियो”, गौचनले भने, “पेनस्टक पाइप, विद्युतगृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौं ।”

यसअघि पनि २०७८ भदौमा बाढीले बगाएको लघुजलविद्युत केन्द्र मर्मत गरेर ६ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको याे लघुजलविद्युत केन्द्र २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत केन्द्र तेस्रोपटक पहिरोको चपेटामा परेको हाे ।

केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो ।

लघुजलविद्युत केन्द्र पुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक-पटक पहिराले लघुजलविद्युत केन्द्रमा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताए ।

“नेपाल विद्युत् प्राधिकरणले यसपालि म्याग्दीमा विद्युतीकरण विस्तारका लागि २० करोड रुपैयाँ बजेटको ठेक्का सम्झौता गरेको छ”, उनले भने, “लुलाङको विद्युत्सम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि केन्द्रीय लाइन विस्तारलाई छिटो कार्यान्वयन गराउन पहल गरेका छौं ।”


Read Previous

अरुण तेस्रो जलविद्युत परियोजना जोड्ने सडकको समस्या समाधान गर्न मन्त्रिपरिषद्मा सिफारिस गर्ने निर्णय

Read Next

अवरुद्ध बारपाक-लाप्राक सडक खण्ड सञ्चालन   

Leave a Reply

Your email address will not be published.