Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह


काभ्रेपलाञ्चोक । जिल्लाका ग्रामीण भेगका स्थानीय तहहरुले सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । गाउँका दूरदराजका पालिकाहरुका लागि पहिलो प्राथमिकता सडकको ट्र्याक खनेसँगै अब त्यसको स्तरोन्नति र कालोपत्र गर्नेमा जोड दिइएको हो । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले आफ्नै स्रोतमा पाँच किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । जिल्ला सदरमुकामदेखि पालिका केन्द्र जोड्ने गाउँपालिकाको सिमानामा वडा नं ४ पाटिखर्कदेखि आलुवारीपाटी–मुसिखोला सडक कालोपत्र सुरु गरिएको हो । त्यसमा दुई किलोमिटर पाँचसय मिटर कालोपत्र, एक किलोमिटर पाँचसय मिटर ढलान गर्नाका साथै पालिकाको वडा नं १, २, ३ र ४ मा सडक ढलान कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका इञ्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले हरेक वर्ष पालिकाले आफ्नै स्रोतमा पाँच किलोमिटर सडक पक्की बनाउने घोषणाअनुरुप यस वर्षबाट कार्य थालनी भएको बताउनुभयो । गाउँपालिकाको गत आर्थिक वर्षमा विनियोजन भएको नौ करोड रुपैयाँ बजेटमा घिसिङ÷जोशी जी जेभीले पाँच करोड ५० लाख रुपैयाँमा ठेक्का सम्झौता गरी अहिले काम सम्पन्न गरेको उनले बताए । सो कार्यलाई निरन्तरता दिनका लागि चालु आवमा छ करोड रुपैयाँ विनियोजन गरिएको छ । अहिलेसम्ममा बेथानचोकको आफ्नै स्रोत केही सङ्घ र प्रदेशको बजेटमा गरी वडा नं ३ मा सात सय मिटर ढलान, वडा नं. २ मा तीन सय मिटर, वडा नं. ४ मा तीन सय मिटर र वडा नंं १ मा दुई सय मिटर पक्की सडक निर्माणको काम थालनी भएर ढलान गर्ने काम सकिएको वडा नंं १ का वडाध्यक्ष मधुसूदन तिमल्सिनाले बताए ।

अन्य वडाहरुमा भएको कामसहित गरेर पालिकाभित्र यो आर्थिक वर्षमा करिब सात किलोमिटर सडक पक्की बनाउन सफल भएको उनले बर्ताए । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाका नागरिकलाई सडक पहुँचको सहज सेवा पु¥याउनका लागि हरेक वर्ष पाँच किलोमिटर सडक पक्की बनाउने अभियानअनुसार गत वर्षको बजेटबाट अहिलेसम्ममा करिब सात किलोमिटर सडक पक्की निर्माण गरिएको बताए । यस्तै रोशी गाउँपालिकाले पनि आफ्नै स्रोतबाट दुई किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा बिपी राजमार्गको ल्हासकोट पुलदेखि गाउँपालिकाको प्रशासनिक भवन अमलटारसम्म करिब पाँच सय ५८ मिटर र चौकीडाँडा–खहरेपाँगु सडकअन्तर्गत रोशी पुलदेखि पोटाखोलासम्म पाँच सय मिटर सडक गाउँपालिकाकै स्रोतबाट कालोपत्र गरिएको हो ।


Read Previous

खराब मौसमका कारण मन्थली–लुक्ला उडान पाँच दिनदेखि ठप्प

Read Next

चार महिनादेखि अवरुद्ध सडक खुल्दा स्थानीय खुसी

Leave a Reply

Your email address will not be published.