Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

अवरुद्ध लोकमार्ग एकतर्फी खुल्यो, कोरिडोर अझै ठप्प


बागलुङ । दुई दिनदेखि अवरुद्ध राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । निरन्तर वर्षाको कारण सडक माथिदेखि खसेको पहिरोले लोकमार्गअन्तर्गत बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डको निसीखोला गाउँपालिका–१ पाखुतेमा अवरुद्ध भएको थियो । मङ्गलबार साँझदेखि अवरुद्ध भएको सडक अहिलेसम्म पनि दुईतर्फी सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

सडकमा ठूलो पहिरो झरेका कारण दुईतर्फी खुलाउन नसकेको उनको भनाइ छ । अहिले पनि दुईतर्फी सञ्चालनका लागि मेसिन प्रयोग गरेर काम गरिरहेको केसीले जानकारी दिनुभयो । आज दिउँसोसम्म पूर्णरुपमा सञ्चालनमा आउने उनले बताए । सडक ठप्प भएपछि अलपत्र परेका यात्रु तथा सवारी साधन गन्तव्यतर्फ लाग्न थालेको प्रहरी नायब उपरीक्षक केसीले बताएका छन् । काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी साधान पनि सडकमा रोकिएका थिए ।

यता पहिरोले अवरुद्ध बनेको कालिगण्डकी कोरिडोर अहिलेसम्म सञ्चालनमा आएको छैन । मङ्गलबार कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा माथिदेखि खसेको लेदोसहितको पहिरोले सडक पूर्णरुपमा ठप्प भएको थियो । अहिले बागलुङ नगरपालिकाको डोजर प्रयोग गरेर सडक खुलाउने प्रयास गरेको केसीले जानकारी दिए ।


Read Previous

मुस्ताङ जाने पर्यटकलाई सधैँ बैसरी पहिरोको चुनौती

Read Next

पर्यटक तान्न जङ्गलमा कृत्रिम ताल

Leave a Reply

Your email address will not be published.