Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँमा सौर्य मिनिग्रेट निर्माण हुँदै


जाजरकोट । कुशे गाउँपालिका–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण गरिने भएको छ । केन्द्रीय प्रसारण लाइन तत्काल पुर्याउन नसक्ने ठाउँमा विद्युतीकरण गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कुशे–८ चाल्चामा सौर्य मिनिग्रेट निर्माण हुन लागेको बताए ।

करिब ८५ किलोवाट क्षमताको विद्युत् उत्पादन गरी यहाँका सर्वसाधारणलाई उज्यालो दिने उद्देश्यले ठेक्का खोलिएको मन्त्री बस्नेतले बताए । चाल्चामा सौर्य मिनिग्रेट निर्माण गर्नका लागि वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ठेक्का खोलेसँगै यस क्षेत्रका सर्वसाधारण खुसी भएका छन् । कुशे केन्द्रीय प्रसारण लाइनको विद्युत् पुग्न नसकेको ठाउँमध्येमा पर्दछ । योभन्दा अगाडि कुशे–८ कै ठाँटीचौरमा समेत मिनिग्रेट निर्माण भएर विद्युत् सेवा सञ्चालन भइसकेको छ ।

जुनिचाँदे गाउँपालिकाको जुनी सौर्य मिनिग्रिड आयोजना (३५ किलोवाट) र कुशे ठाँटिकाँध सौर्य मिनिग्रिड आयोजना ९एक सय ६० किलोवाट० निर्माण सम्पन्न भएका छन् । नलगाड नगरपालिका–८ मसिरी सौर्य मिनिग्रिड आयोजना (१८ किलोवाट) निर्माणाधीन अवस्थामा रहेको छ । बारेकोट गाउँपालिका–५ तोलखानामा एक सय ७० किलोवाटको सौर्य मिनिग्रेट विद्युत् उत्पादन भएर सुरु भएको छ ।

जिल्लालाई दुई वर्षभित्र पूर्ण विद्युतीकरण गर्ने उद्देश्यले तीन अर्ब रुपैयाँको ठेक्का लागेर चार ठाउँमा सबस्टेशनसमेत निर्माण कार्य जारी रहेको छ । पश्चिम जाजरकोटका लागि बडावन, पूर्वी जाजरकोटका लागि चौखा, मध्य जाजरकोटका लागि समाइलामा सबस्टेसन निर्माण कार्य जारी रहेको छ । कुदु सबस्टेसन निर्माण कार्य सम्पन्न भइसकेको छ भने चौखाको अन्तिम चरणमा पुगेको छ ।


Read Previous

नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशतले सुधार हुने विश्व बैंकको प्रक्षेपण

Read Next

नेशनल सोलार पावरकाे शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल नियुक्त

Leave a Reply

Your email address will not be published.