Nepal Purbadhar

पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक


हेटौँडा । बागमती प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलाल र जापानको विदेश मन्त्रालयका डेपुटी मन्त्री सिमेजु फुमिजोबीच भेटवार्ता भएको छ । दुईबीच आज बिहान जापानको विदेश मन्त्रालयमा भेटघाट र छलफल भएको मन्त्री दुलालका स्वकीय दीपक न्यौपानेले बताए ।

भेटमा जापान सरकार र बागमती प्रदेश सरकारबीच र प्रदेश र स्थानीय तहका पूर्वाधार र कृषि क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको बताइएको छ । जापानका विदेश मन्त्री फुमिजोले नेपालमा प्रदेश र स्थानीय तहसँग मध्यम र साना आयोजनामा काम गर्न सकारात्मक रहेको बताए । नेपालको कृषि क्षेत्रमा जापानी प्रविधि प्रयोग गर्नका लागि जापान सरकार तयार रहेको उनले बताएको स्वकीय न्यौपानेको भनाई छ ।

भेटमा मन्त्री दुलालसँगै नेपालकातर्फबाट बागमती प्रदेश सरकारका पूर्व युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, चौँरीदेउराली गाउँपालिका अध्यक्ष रेणुका चौलागाईं, राजदूताबासका प्रथम सचिव जीतबहादुर कार्की र नेपाली जनप्रगतिशील मञ्च, जापानका नेता हवलचन्द्र लामाको उपस्थिति रहेको थियो ।


Read Previous

विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता

Read Next

एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने