Nepal Purbadhar

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024

बुधबार, बैशाख १९, २०८१
Wednesday, May 1, 2024
तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै     फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण   

जगदुल्ला अर्धजलाशय आयोजनालाई उत्पादन अनुमति दिने तयारी


काठमाडौं। विद्युत विकास विभागले कर्णाली प्रदेशको डोल्पा जिल्लामा निर्माण हुन लागेको १०६ मेगावाटको जगदुल्ला अर्धजलाशय जलविद्युत आयोजनालाई उत्पादन अनुमतिपत्र दिने तयारी गरेको छ । विभागले आयोजनाको प्रवर्द्धक जलदुल्ला हाइड्रोपावर कम्पनीको नाममा उत्पादन अनुमतिपत्र दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको हो ।

 विद्युत ऐन २०४९ को दफा ४ तथा विद्युत नियमावली,२०५० को नियम १५ बमोजिम आवश्यक जाँचबुझ गरी नियम १६ मा भएको व्यवस्था बमोजिम प्रवर्द्धक कम्पनीलाई उत्पादन अनुमतिपत्र दिने तयारी भइरहेको विभागले जनाएको छ ।

विभागले सम्भाव्यता अध्ययन प्रतिवेदन तथा वातावरणीय अध्ययन प्रतिवेदनका आधारमा उत्पादन अनुमतिपत्र दिनुअघि आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भएमा अबको ३५ दिनभित्र प्राप्त हुने गरी लिखित राय/सुझाव पेश गर्न सम्बन्धित सरोकारवालासमक्ष आग्रह गरेको छ ।

यो आयोजनाको नेपाल विद्युत प्राधिकरणसँग  विद्युत खरिद सम्झौता (पिपिए) मा हस्ताक्षर भइसकेको छ। अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक तथा आवासगृह निर्माणको काम भइरहेको छ । आगामी वर्षदेखि आयोजनाको संरचना निर्माणको काम सुरु गरी २०८६ साल असारभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

यो आयोजना २०७५ फागुन २७ गते सरकारद्वारा घोषित जनताको जलविद्युत कार्यक्रम अन्तर्गत निर्माण हुँदैछ । आयोजनामा स्वपुँजी लगानी गर्नेलाई समूह क र ख गरी २ श्रेणीमा विभाजन गरिएको छ । जसमध्ये समूह (क) मा विद्युत उत्पादन कम्पनी लिमिटेडको २६ प्रतिशत सेयर स्वामित्व रहनेछ । एचआइडिसिएलले पनि १० प्रतिशत लगानी गर्ने तय भएको छ । विद्युत प्राधिकरणले ९ प्रतिशत तथा कर्णाली प्रदेश सरकारले पनि ५ प्रतिशत लगानी गर्नेछ । स्थानीय तह (प्रभावित क्षेत्रका जगदुल्ला र मडुकेखोला गाउँपालिका) ले १ प्रतिशत लगानी गर्नेछ ।

यस्तै, समूह (ख) अन्तर्गत देशभरका सर्वसाधारण नागरिकका लागि ३३ प्रतिशत र आयोजना प्रभावित क्षेत्र तथा जिल्लाबासीका लागि १० प्रतिशत सेयर छुट्याइएको छ । आयोजनाको विद्युत प्रवाह हुने ४५ किलोमिटर लामो १३२ केभी डबल सर्किट प्रसारण लाइनको रुट प्रभावित क्षेत्रका स्थानीयका लागि पनि ३ प्रतिशत सेयर छुट्याइएको छ ।

आयोजनाले उत्पादन गर्ने विद्युत ४५ किलोमिटर लामो १३२ केभी प्रसारण लाइन निर्माण गरी बाफिकोट सबस्टेसनसम्म ल्याएर राष्ट्रिय प्रणालीमा जोड्ने गरी विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता भएको छ । बाफीकोटमा जोडिएको विद्युत प्राधिकरणको १११ किलोमिटर लामो प्रसारण लाइनमा प्रवाह गरी दाङस्थित घोराई सबस्टेसनमा ल्याइनेछ ।

आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आउँदा वार्षिक ६२३.४७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । आयोजना सम्पन्न भई सञ्चालनमा आएको १२ वर्षमा ऋण लगानी चुक्ता गर्ने प्रक्षेपण छ । यही कम्पनी अन्तर्गत नै ८२.३ मेगावाटको जगदुल्ला ‘ए’ पनि निर्माण हुँदैछ । यो आयोजना अहिले अध्ययनको चरणमा छ ।


Read Previous

पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग

Read Next

पदयात्री र आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

Leave a Reply

Your email address will not be published.