Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

स्वच्छ तथा शुद्ध खानेपानी उपलब्ध गराउन सरकार सचेत छः मन्त्री भण्डारी


काठमाडौँ । संविधानको मौलिक हकमै व्यवस्था भएको स्वच्छ तथा शुद्ध खानेपानी पाउने नागरिकको हक कार्यान्वयनमा सरकार सचेत रहेको श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं कार्यवाहक खानेपानीमन्त्री शरत् सिंह भण्डारीले बताएका छन् ।

बुधबार काठमाडौँमा आयोजित खानेपानी सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षासम्बन्धी राष्ट्रिय सम्मेलनमा उनले खानेपानी तथा सरसफाइजस्ता नागरिकका आधारभूत आवश्यकता पूर्ति गर्न सामूहिक प्रयासको खाँचो रहेको औँल्याए । सरकार, निजी क्षेत्र र दातृ निकाय तथा सङ्घसंस्थाको सहकार्यमा मात्रै सरकारले लिएको लक्ष्य पूरा गर्न सकिने भएकाले सामूहिक प्रयास महत्वपूर्ण हुने उनले बताए ।

सबै नागरिकलाई खानेपानी र सरसफाइको पहुँचमा पुर्याउन बहुआयामिक विषय जोडिने भएकाले ती क्षेत्रको पनि सुधार गर्नुपर्नेमा जोड उनले दिए । सम्मेलनले एउटा दिशानिर्देश गर्ने उनको धारणा थियो । दिगो विकास लक्ष्यसँग जोडिएको यो विषयलाई विशेषरूपमा लिएर काम गर्न सके समतामुलक समाज निर्माणमा महत्वपूर्ण फड्को मार्ने पनि उनले उल्लेख गरे । चुरे भावर क्षेत्रमा पानीको सतह तल गइरहेको सन्दर्भ जोड्दै उक्त समस्या न्यूनीकरणका लागि पनि काम गर्नु जरुरी रहेको उनको भनाई छ ।
­­­


Read Previous

तनहुँ जलविद्युत आयोजनाको सहयोगमा विद्यालय भवन निर्माण

Read Next

बनेको तीन महिनामै सडक भत्किएपछि अनुगमन

Leave a Reply

Your email address will not be published.