Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

देशभर ३० सुरुङमार्ग निर्माणकाे चर्चा, कुन सुरुङको अवस्था कस्तो ?


काठमाडौं । सरकारको नीति तथा निर्देशक सिद्धान्तमा मात्र होइन, बजेट र कार्यक्रममा पनि सुरुङ निर्माणका योजना बाक्लै गरी पर्ने थालेका छन् । हरेक वर्षजसो अघिल्लो वर्षको भन्दा सुरुङ निर्माणका योजनाको संख्यामा वृद्धि हुदै गएको छ । केही राजनीतिक नेताहरुले आफ्नो भाषणमा ‘सुरुङ युग’ को थालनी भएको अभिव्यक्ति दिने गरेका छन् ।

अहिले नेपालम कति ओटा सुरुङ निर्माण भइरहेका छन् र ती सुरुङ योजना कुन अवस्थामा छन् भनेर खोज्ने हो भने एकिकृत तथ्यांक पाउन सकिदैन । सबै सार्वजनिक निकायहरुले आफूले गरेको कामको मात्र तथ्यांक राख्ने एकिकृत विवरणको अभाव छ । नेपाल पूर्वाधार डटकमले समग्रमा देशभर अध्ययन भइरहेका, निर्माण भइरहेका, अध्ययनको लागि प्रस्तावित, विस्तृत अध्ययन सम्पन्न भएका लगायतका सुरुङमार्गको खोजी गरेको छ । त्यस्तै, अधिकांश सुरुङमार्ग कुन अवस्थामा रहेका छन् भनेर पनि खोज्ने प्रयास गरिएको छ ।

त्यसरी खोजी गर्दा देशभर अहिले ३० वटा सुरुङमार्ग निर्माण, अध्ययन र प्रस्तावको विभिन्न अवस्थामा रहेका छन् । तीमध्ये १० वटा सुरुङमार्गको भौतिक पूर्वाधार तथा यातयात मन्त्रालयअन्तर्गत सडक विभागले अध्ययन गरिरहेको छ । त्यस्तै, विभिन्न ७ सुरुङ योजनाको विकास साझेदार देशहरु र वित्तीय निकाय तथा प्रदेश सरकारले अध्ययनको विभिन्न चरणमा पुर्याएका छन् ।

त्यसबाहेक ४ ओटा सुरुङमार्गको थप अध्ययनको लागि परामर्शदाता नियुक्त गर्ने काम थालिएको छ भने अर्को ४ ओटा सुरुङमार्ग चालु आर्थिक वर्षमा अध्ययन गर्ने भनेर प्रस्तावित गरिएको छ । बाँकी ५ ओटा सुरुङमार्ग भने अहिले निर्माणाधीन छन् । सडक विभागका महानिर्देशक सुशीलबाबु ढकाल सुरुङ योजनाको सूची वर्षेनी बढ्दै गए पनि सबै योजना बन्छन नै भन्ने नभएको बताउँछन् । ‘अध्ययनको लागि सूचीमा रहेकामध्ये केही आयोजना त प्राविधिक र आर्थिक रुपमा पनि सम्भाव्य नहुन सक्छन’ उनले भने ।

सुरुङ योजनाको संख्या बढ्दै गए पनि अहिलको आर्थिक अवस्था र सुरुङ निर्माणमा लाग्ने उच्च लागतको कारण एकैपटक धेरै आयोजना निर्माणमा जान कठिन हुने उनको भनाइ छ । तर, जलवायु परिवर्तन र त्यसका असरलाई न्यूनकरण गर्न सुरुङको प्रविधिमा नेपाल अनभिज्ञ बन्न नहुने महानिर्देशक ढकालले बताए ।

सडक विभागमार्फत भइरहेका सुरुङमार्ग अध्ययनको अवस्था

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले अहिले १० वटा सुरुङमार्गको अध्ययन गरिरहेको छ । ति आयोजनामध्ये केहीको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ भने केहीको सम्पन्न हुने क्रममा रहेको छ । त्यस्तै, केही ठाउँको भने ‘इन्सेप्सन रिपोर्ट’ बुझाएको छ । इन्सेप्सन रिपोर्ट भन्नाले कुनै पनि आयोजनाको प्रारम्भिक जानकारी दिने र अध्ययनको लागि कार्ययोजना प्रस्तुत गरिने विवरण हो । यसैगरी केही योजनाको भने मस्यौदा विवरण (डाफ्ट रिपोर्ट) तयार भएको अवस्थमा रहेका छन् । थप विवरण तालिका–१ मा ।

तालिका–१

क्र.स सुरुङमार्गको नाम लम्बाई    (मिटरमा) अवस्था
धरान–लेउती सुरुङ मार्ग अध्ययन ३८६८ सम्भाव्यता अध्ययन सम्पन्न ।
गोदावरी कुण्ड–काभ्रे मानेचौर जोड्ने सुरुङ मार्ग अध्ययन ३६४० सम्भाव्यता अध्ययन सम्पन्न ।
नयाँ बानेश्वर अण्डरपास अध्ययन १४७० विस्तृत डिजाइनको मस्यौदा विवरण (डाफ्ट रिपोर्ट) तयार ।
बबई–छिन्छु सुरुङमार्ग अध्ययन ४८५० सम्भाव्यता अध्ययन भइरहेको ।
विपीनगर –खुटिया दिपायल खण्डमा सुरुङमार्ग अध्ययन ७०१० सम्भाव्यता अध्ययन सम्पन्न ।
फुश्रेखोला छोरेपाटन (पोखरा) देखि स्याङ्जा गुडीकोला सुरुङमार्ग अध्ययन ४८५० सम्भाव्यता अध्ययनको इन्सेप्सन रिपोर्ट तयार ।
रारा राजमार्गको कुशे पाटन (जाजरकोट ब्याउली ढुंगा र जुम्ला इमिलचा खोला सुरुङमार्ग  अध्ययन ४८५० सम्भाव्यता अध्ययनको इन्सेप्सन रिपोर्ट तयार ।
बागलुङ ब्यु–नरेठाटी सुरुङमार्ग सम्भाव्यता अध्ययन ४८५० सम्भाव्यता अध्ययनको इन्सेप्सन रिपोर्ट तयार ।
प्रबास–जोर्ते (पाल्पा) सडक सुरुङमार्ग अध्ययन ४८५० मस्यौदा विवरण (डाफ्ट रिपोर्ट) तयार ।
१० ताथली–रविओपी सुरुङमार्ग अध्ययन ४९०० अवस्था

                                                                               स्रोत: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

जापान, स्वीस, चीन एडिबीमार्फत अध्ययन भइरहेका सुरुङमार्ग

नेपालमा सुरुङमार्गको विकास र अध्ययनको लागि विकास साझेदारी देश र अन्तर्राष्ट्रिय वित्तीय निकायको पनि उत्तिकै संलग्नता रहेको छ । उदाहरणको लागि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले अरनिको राजमार्गमा पर्ने कोटेश्वर–जडिबुटी खण्डमा सुरुङमार्ग र विपी राजमार्गमा खुर्कोट–चियाबारी सुरुङमार्गको लागि अध्ययन गरिरहेको छ । त्यस्तै, चीनले २ ओटा, स्वीट्जरल्याण्डले एउटा र एशियाली विकास बैंकले एउटा र बागमति प्रदेश सरकारले पनि अध्ययन गरिरहेको छ । थप विवरण तालिका–२ मा

तालिका–२

क्र.स सुरुङमार्गको नाम कसको सहयोगमा अध्ययन
अरनिको राजमार्ग कोटेश्वर–जडिबुटी खण्ड सुरुङमार्ग जापान सरकारको सहयोगमा अध्ययन कार्य भइरहेको ।
विपी लोकमार्ग खुर्कोट–चियाबारी सुरुङमार्ग जापान सरकारको सहयोगमा सम्भाव्यता अध्ययन कार्य भइरहेको ।
टेखा–छहरे सुरुङमार्ग चीन सरकारको सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन कार्य भइरहेको ।
कुलेखानी भीमफेदी सडक सुरुङमार्ग बागमती प्रदेश सरकारबाट विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया अघि बढिरहेको ।
रसुवागढी बेत्रावती सडक सुरुङमार्ग चीन सरकारको सहयोगमा विस्तृत सम्भाव्यता अध्ययन कार्य भइरहेको ।
दुम्लिङ–बाइपाङ (चेपाङमार्ग) एशियाली विकास बैंकबाट अध्ययन कार्य सम्पन्न भएको ।
गणेशमान सिंह मार्गको थानकोट– चित्लाङ सुरुङमार्ग स्वीस सरकारको सहयोगमा अध्ययन कार्य भइरहेको ।

                             स्रोत: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

अध्ययनको लागि प्रक्रियामा रहेका सुरुङमार्ग

पछिल्ला केही वर्षदेखि अध्ययन भइसकेका केही आयोजना भने अहिले थप अध्ययनको गर्नको लागि परामर्शदता छनौटको क्रममा रहेका छन् । यसरी विस्तृत सम्भाव्यता थप अध्ययनमा रहेका सुरुङमार्गको संख्या चार रहेको छ । थप विवरण तालिका–३ मा ।

तालिका ३

क्र.स सुरुङमार्गको नाम लम्बाई    (मिटरमा) अवस्था
हेम्जा–नयाँपुल खण्ड सडक सुरुङमार्ग (विस्तृत सम्भाव्यता) अध्ययन ७००० परामर्शदाता छनौटको क्रममा रहेको
दुम्बीबास–बर्दघाट सुरुङमार्ग (विस्तृत सम्भाव्यता) अध्ययन ६२१५ परामर्शदाता छनौटको क्रममा रहेको
मझिम्टार–बर्दघाट सुरुङमार्ग सम्भाव्यता अध्ययन ४९०० परामर्शदाता छनौटको क्रममा रहेको
सुनमाई–राजदुबोल सुरुङमार्ग इलाम सम्भाव्यता अध्ययन १२००० परामर्शदाता छनौटको क्रममा रहेको

                                             स्रोत: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

नयाँ अध्ययनको लागि प्रस्ताव गरिएका सुरुङमार्ग

हरेका आर्थिक वर्षको बजेटम नयाँ सुरुङमार्गका योजना थपिने गरेका छन् । चालु आर्थिक वर्षमा पनि चार ओटा योजनालाई अध्ययनको लागि प्रस्ताव गरिएको छ । ती प्रस्तावित सुरुङ योजनाको नामको सूची यस्तो छ ।

१) बेशीसहर–नाल्म बेशी सुरुङमार्ग
२) लुम्बिनी रारा राजमार्गको जाजारकोट ब्यउली ढुंगा–जुम्लाको टोप्ला सुरुङमार्ग
३) लुम्बिनी रारा राजमार्गअन्तर्गत तुलसीपुर–लुहाम सुरुङमार्ग
४) पाडिनी गाउँपालिकादेखि दुर्गाफाँटा सुरुङमार्ग

निर्माणाधीन सुरुङमार्ग

अध्ययन भइरहेका, अध्ययनको लागि प्रस्ताव गरिएको, ठेक्का वा खरिद सम्झौताको लागि प्रक्रिया अघि बढाइएका र विभिन्न दातृ तथा अन्तराष्ट्रिय वित्तिय संस्थाको सहयोगबाट अध्ययन भइरहेकाबाहेक केही सुरुङमार्ग निर्माणाधीन छन् । निर्माणाधीन आयोजनाको सूची यस्तो छ ।

क) नागढुंगा सुरुङमार्ग
ख) सिद्धबाबा सुरुङमार्ग
ग) महादेवटार सुरुङमार्ग
घ) धेद्रे सुरुङमार्ग
ङ) लेनडाँडा सुरुङमार्ग

निर्माणाधीन सुरुङमार्गमा जापानको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको नागढुंगा सुरुङमार्ग कार्य प्रगतिको हिसाबले सबैभन्दा अगाडी छ । यस सुरुङमार्गको अहिलेसम्म ९२ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । मुख्य सुरुङसहित कुल ५ हजार ४९९ मिटर लम्बाईको नागढुंगा सुरुङमार्गबाहेक अन्य संरचना समेतको कुल प्रगति भने ६० प्रतिशत पुगेको छ ।

त्यस्तै, सरकारले आफ्नै स्रोतबाट सिद्धार्थ राजमार्गमा निर्माण गरिरहेको सिद्धबाबा सुरुङमार्ग अर्को आयोजनाको नाम हो । सिद्धबाबा सुरुङमार्गको अहिलेसम्म सुरुङ निर्माणको मूख्य काम थालिएको छैन । अहिलेसम्म सुरुङ निर्माणपूर्वका तयारीका काम भइरहेको छ । विशेषगरी परिक्षण ल्याब जडान गर्ने, सुरुङको दुवैतर्फको द्धारमा स्लोप मिलाउने लगायतका काम भइरहेका छन् । आयोजना कार्यालयले चाडै सुरुङ निर्माणको मूल काम थालिने जानकारी दिएको छ ।

यसबाहेक राष्ट्रिय गौरवको काठमाडौं तराई दु्रत मार्गमा पनि ३ वटा सुरुङमार्ग निर्माणाधीन रहेका छन् । ती सुरुङमार्गहरुमा महादेवटार सुरुङमार्ग, धेद्रे सुरुङमार्ग र लेनडाँडा सुरुङमार्ग रहेका छन् । यी तीनवटा सुरुङको कुल लम्बाई ६ किलोमिटर ४१ मिटर रहेको छ । त्यसमध्ये महादेवडाँडामा रहने सुरुङको लम्बाई ३ दशमलव ३५५ किलोमिटर रहेको छ । त्यस्तै, धेद्रेमा निर्माण हुने सुरुङको लम्बाई १ दशमलव ६३० किलोमिटर र लेनडाँडामा रहने सुरुङको लम्बाई १ दशमलव ४३० किलोमिटर रहेको छ । यी तीनै ओटा सुरुङमार्गको खरिद प्रक्रिया पूरा भइ अहिले निर्माण चरणमा प्रवेश गरेका छन् ।

सुरुङ मार्गलाई वार्षिक बजेट कति ?

सुरुङमार्ग निर्माणको लागि योजना राख्ने क्रम वृद्धि भएसँगै सरकारले सुरुङमार्ग पहिचान गर्न, पूर्वसम्भाव्यता अध्ययन, सम्भाव्यता अध्ययन, विस्तृत परियोजना अध्ययन, विस्तृत डिजाइनलगायतका कामलाई भनेर बजेटको आकारमा वृद्धि गरेको छ । तर, जुन तरिकाले सुरुङमार्ग योजनाको संख्यामा वृद्धि भएको छ । त्यही परिमाणमा बजेट वृद्ध भएको देखिदैन ।

यसबाहेक बजेट विनियोजनमा सन्तुलनको पनि अभाव छ । उदाहरणको लागि चालु आर्थिक वर्ष २०८०/८१ को लागि सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत १ अर्ब ९४ करोड ३५ लाख रुपैयाँ विनियोजन गरिएको छ । तर, त्यसमध्ये १ अर्ब २५ करोड रुपैयाँ भने टोखा छहरे सुरुङमार्गको लागि मात्र विनियोजन भएको छ । त्यस्तै, सिद्धबाबा सुरुङमार्गको लागि ४५ करोड रुपैयाँ विनियोजन गरिएको छ । बाँकी रहेको रकम मात्र २४ करोड ३५ लाख रुपैयाँ मात्र सुरुङमार्ग अध्ययनको लागि छुट्याइएको छ ।

यो बजेट अध्ययनको लागि न्यून भए पनि अध्ययनको काम निरन्तर हुने भएकाले क्षमता अनुसार अध्ययन गरिने सडक विभागका महानिर्देशक ढकालको भनाइ छ । ‘योजना थपिदै गए पनि अध्ययनको काम जारी रहन्छ, सम्भाव्य योजनालाई निर्माणको चरणमा लैजाने काम हुन्छ’ उनले भने । पहिले सुरुङको लागि भनेर बजेट नै विनियोजन नहुने अवस्थाले गर्दा अहिले विनियोजन थालिएकाले उच्च प्राथमिकतामा परेको देखिन्छ । तर, योजनाको संख्या र गर्नुपर्ने अध्ययनको कामलाई हेर्दा न्यून बजेट रहेको सडक विभागकै अधिकारीहरुको भनाइ छ ।

गत आर्थिक वर्ष २०७९/८० मा सुरुङमार्ग विकास कार्यक्रमअन्तर्गत १ अर्ब १९ करोड ६० लाख रुपैयाा छुट्याइएको थियो । त्यसलाई पछि संसोधन गरेर ८९ करोड ६० लाख रुपैयाँमा झारियो । यो रकम सिद्धबाबा सुरुङ र ग्वार्को निर्माणसमेतलाई विनियोजन गरिएको हो । गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार विनियोजित बजेटमध्ये ७१ करोड ५१ लाख ९३ हजार रुपैयाँ खर्च भएको थियो । यसअघि आर्थिक वर्ष २०७८/७९ मा अध्ययनका लागि मात्र एक अर्ब ९९ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको थियो । जबकि, त्यसअघि आव ०७७/७८ मा ५३ करोड रुपैयाँ मात्र विनियोजन गरिएको थियो ।


Read Previous

महिलाको आर्थिक सशक्तिकरणका लागि लुम्बिनी र कर्णाली प्रदेशका सरोकारवालासँग संवाद

Read Next

विद्युत् विस्तारले टेम्केमैयुङवासीको दैनिकीमा सहज

Leave a Reply

Your email address will not be published.