Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

दुई महिनामा दुई खर्ब ५९ अर्ब रुपैयाँको वस्तु आयात हुँदा २६ अर्ब रुपैयाँको निर्यात


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०र८१ को सुरुवाती दुई महिनामा मुलुकले दुई खर्ब ५९ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु आयात गर्दा निर्यात भने २६ अर्ब ४४ करोड ७० लाख रुपैयाँमा खुम्चिएको छ । भन्सार विभागले सार्वजनिक गरेको भदौ मसान्तसम्मको तथ्याङ्कअनुसार दुई महिनामा मुलुकले कुल दुई खर्ब ८६ अर्ब १९ करोड रुपैयाँको वैदेशिक व्यापार गर्दा दुई खर्ब ३३ अर्ब ३० करोड रुपैयाँ बराबर घाटा व्यहोरेको छ ।

विभागको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको भदौ मसान्तसम्मको तुलनामा चालु आवको सोही अवधिमा वस्तुको आयात पाँच दशमलव ६ प्रतिशत र निर्यात सात दशमलव ७९ प्रतिशतले घटेको छ । यो अवधिमा समग्र वैदेशिक व्यापारमा पाँच दशमलव ३२ प्रतिशतको कमी देखिएको छ । गत साउन र भदौ महिनामा नेपालले भारतबाट मात्र एक खर्ब ६० अर्ब ७५ करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा १६ अर्ब ७३ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । अर्थात् नेपालले यो अवधिमा भारतसँग मात्र एक खर्ब ४४ अर्ब रुपैयाँको व्यापार घाटा व्यहोरको छ ।

त्यस्तै, चीनबाट ४६ अर्ब ५४ करोड ३२ लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा ५४ करोड ३३ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ । गत दुई महिना अवधिको चीनसँगको व्यापार घाटा करिब ४६ अर्ब रुपैयाँ बराबर हो ।नेपालले गर्ने वैदेशिक व्यापारमा नाफा भएको मुलुकमा भने संयुक्त राज्य अमेरिका देखिएको छ । साउन र भदौमा अमेरिकाबाट दुई अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तु आयात गर्दा तीन अर्ब ३६ करोड रुपैयाँ बराबरको निर्यात गरेको देखिन्छ । अमेरिकासँगको व्यापार नाफा एक अर्ब १४ करोड रुपैयाँ बराबर छ ।


Read Previous

नेपाल चीन बिजनेस समिटमा चिनिया लगानी अभिवृद्धि र व्यापार सहजीकरणका लागि सहकार्यमा जाेड

Read Next

सेती नदीमा ‘सिग्नेचर’ पुल निर्माण सुरु

Leave a Reply

Your email address will not be published.