Nepal Purbadhar

बिहिबार, जेष्ठ १०, २०८१
Thursday, May 23, 2024

बिहिबार, जेष्ठ १०, २०८१
Thursday, May 23, 2024

पर्यटन क्षेत्रका समस्या समाधानमा सरकार प्रतिबद्ध: मुख्यमन्त्री पाण्डे


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध भएको बताएका छन् । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयद्वारा आज पोखरामा आयोजित ‘पर्यटन व्यवसायीहरूसँग पर्यटकीय सम्भावना, अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उहाँले प्रदेशका पर्यटकीय सम्भावनालाई उजागर गर्दै देखिएका समस्याहरू सम्बद्ध पक्षसँग सहकार्य गर्दै समाधान गरिने बताए ।

प्रदेशभित्रका केही स्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने बताउँदै पाण्डेले पदमार्ग क्षेत्रको संरक्षणसँगै नयाँ पदमार्गहरू खोजिनुपर्नेमा जोड दिए । पोखराबाट सबै प्रदेशमा हवाई सञ्जाल जोड्ने कुरालाई प्राथमिकतामा राखिएको बताउँदै उनले पृथ्वीराजमार्गको सडक निर्माणमा भइरहेको ढिलाइ सम्बन्धमा पनि सम्बद्ध निकायसँग निरन्तर छलफल गरिरहेको बताए ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन सम्बन्धमा आफूले निरन्तर प्रधानमन्त्रीसँग छलफल गरिरहेको पनि उनले बताए । यस सम्बन्धमा चाँडै नै सकारात्मक सङ्केत आउने विश्वास उनले व्यक्त गरे । पर्यटकीय क्षेत्रमा राति पनि बजार खोल्ने सम्बन्धमा आफू सकारात्मक भएको पान्डेको भनाई थियो । यस सम्बन्धमा सम्बद्ध पक्षसँग छलफल गरी निष्कर्षमा पुग्न सकिने भनाइ उनले राखे ।


Read Previous

ग्रामीण सडक पुनःमर्मत थालिए

Read Next

ग्रामीण भेगका पाँच सामुदायिक विद्यालयलाई नमूना बनाइने

Leave a Reply

Your email address will not be published.