Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

नौ करोड लागतमा प्रशासन कार्यालय भवन निर्माण


धनकुटा । धनकुटा नगरपालिका–४ दानाबारीस्थित जिल्ला प्रशासन कार्यालयको नयाँ प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको छ । गृह मन्त्रालयको नौ करोड १२ लाख १८ हजार रुपैयाँ लागतमा उक्त साढे तीनकोठे भवन बनिरहेको हो ।

वि. सं. २०७९ असोजबाट दुई वर्षमा काम सक्ने ठेक्का पाएको निर्माण कम्पनीले ९० प्रतिशत काम पूरा गरेको बताइएको छ । नयाँ भवन बनेपछि नागरिकलाई सेवा दिन सहजता हुने प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।


Read Previous

पर्यटकको आकर्षक गन्तव्य बन्दै भोजपुरको महभिर झरना

Read Next

भौतिक पूर्वाधारको नीतिगत सवाल र आगामी बाटो

Leave a Reply

Your email address will not be published.