Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

गौरवको आयोजनामै ढिलासुस्ती


गण्डकी । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी सडक निर्माणमा ढिलाइ हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ । कमसल सडकका कारण बर्सात्मा हिलो र हिउँदमा धुलो छिचोल्दै हिँड्नुपर्ने बाध्यता छ । जहीँतहीँ परेका खाल्डाखुल्डीले झन समस्या थपेको पोखरा–बागलुङ चल्ने जीपका चालक लक्ष्मण क्षेत्रीले बताए । “एकातिर गाडी चाँडै बिग्रिने, अर्कोतिर यात्रुलाई सकस”, उनले भने, “दुवैतर्फ चार लेन कालोपत्र सडक छ, बीचको बाटो किन बनेन अचम्म छ ।”

एक वर्षदेखि सडकको हालत उही छ । ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने र पानी तर्काउनेसम्मको काम समेत नभएकामा उनले दुःखेसो पोखे । सोही सडकका कारण पोखरासम्मको यात्रा झन्झटिलो र लामो बनेको यात्रुहरु भन्छन् । पोखराको जिरो किमीदेखि हरिचोक र याम्दीदेखि फेँदीसम्मको सडक दुई वर्षअघि नै कालोपत्र गरिएको थियो । बीचको झण्डै दुई हजार दुई सय मिटर सडक विस्तार र कालोपत्र गर्न बाँकी रहेको लोकमार्ग आयोजना कार्यालय, पर्वतले जनाएको छ ।

केही ठाउँमा नाला निर्माण र पर्खाल चिन्ने काम भए पनि सडकको भौतिक प्रगति न्यून छ । सोचे जसरी निर्माण कम्पनीले काम नगरेको आयोजना प्रमुख कल्पना अधिकारीले बताए । “ठेक्का अवधि अझै एक वर्ष बाँकी छ तर अहिले भइरहेको काम सन्तोषजनक छैन”, उनले भन्नुभयो, “कामलाई गति दिन निर्माण व्यवसायीलाई पटक–पटक ताकेका गर्दैआएका छौँ, केही दिनमा मुख्य ठेकेदारलाई नै बोलाएर छलफल गर्छौँ ।”

बर्खायाम, भुक्तानी नपाएकोजस्ता समस्या देखाएर निर्माण कम्पनीले काममा ढिलासुस्ती गरेको आयोजना प्रमुख अधिकारीले बताउँछन् । गत वर्ष साउनमा काठमाडौँको मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले निर्माणको जिम्मा पाएको थियो । पच्चीस मिटर चौडा चार लेनको उक्त सडक दुई वर्षभित्र सक्नुपर्ने सम्झौता छ । अब पनि कामले गति नलिए आउँदो साउनभित्र सडक कालोपत्र हुन मुस्किल पर्ने बताइएको छ ।

कतिपय ठाउँमा सडक विस्तारदेखि कालोपत्रका लागि पूर्वाधार तयारीका काम गर्न बाँकी छ । वर्षदिन बितिसक्दा कामको प्रगति चित्तबुझ्दो नभएको आयोजना कार्यालययले जनाएको छ । प्रदेश राजधानी पोखरा छिर्ने मुख्य सडकको दूरावस्थाप्रति जनगुनासो पनि बढ्दै गएको छ । पश्चिमतर्फ पर्वत, बागलुङ, रुकुम पूर्वलगायतका जिल्लाबाट लोकमार्ग हुँदै दैनिक सयौँ गाडी पोखरा आउजाउ गर्छन् । सडक कालोपत्र नहुँदा धुलो र हिलोको समस्याले स्थानीयवासी आजित छन् ।

व्यापारमा पनि असर पुगेको छ । सडक साँघुरो र अस्तव्यस्त हुँदा सवारी जामको समस्या उस्तै छ । दुर्घटनाको पनि जोखिम बढेको छ । नाला र सडक खनेर अलपत्र छोड्दा बर्सातमा खाल्डाखुल्डी पर्ने र पानी जम्ने समस्या भएको हो । यो बर्खामा सो खण्डमा कुनै पनि निर्माणको काम हुन नसकेको आयोजनाले जनाएको छ । सडक निर्माणमा ढिलासुस्ती भएपछि कास्कीका प्रमुख जिल्ला अधिकारीसहितको टोलीले यसअघि स्थलगत अनुगमनसमेत गरेको थियो ।


Read Previous

असारमा निर्माण भएका सडक वर्षाका कारण भत्किए

Read Next

मालढुङ्गा–बेनी सडकमा खाल्डा पुर्न एक साताको अल्टिमेटम

Leave a Reply

Your email address will not be published.