Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अनलाइन टिकट शुरु


काठमाडौँ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले अनलाइन टिकेटिङ शुरु गरेको छ । अस्पतालले ६४ औँ वार्षिकोत्सवको अवसरमा बुधबारदेखि सो सेवा शुरु गरिएको हो । बिरामीको चापलाई देष्टिगत गरेर यस्तो व्यवस्था गरिएको अस्पतालले बताएको छ ।

बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउन्टर समेत सञ्चालनमा ल्याइएको छ । सेवाग्राहीका लागि औषधि खरिद सहज बनाउन फार्मेसी काउन्टर पनि थपेको छ । गरिबीको रेखामुनि रहेकाहरूको लागि स्त्रीरोग अस्पतालमा जनरलतर्फ ४५० शय्या निःशुल्क गरिएको अस्पतालमा निर्देशक श्रीप्रसाद अधिकारीले बताए ।

गत आर्थिक वर्ष २०७९/८० मा अस्पतालमा कुल ३४ हजार १ सय ८५ जना महिला बिरामी भर्ना भएकामा प्रसूतितर्फ २६ हजार ९ सय ४७ तथा स्त्री रोगतर्फ ५ हजार ४६ रहेका अधिकारीको भनाई थियो । नवजात शिशु सघन उपचारतर्फ २ हजार १९२ र मातृ सघनतर्फ ४८३ भर्ना भएर उपचार पाएको दाबी उनको छ । गत आर्थिक वर्षमा अस्पतालले बहिरङ्ग सेवातर्फ १ लाख ८० हजार ८९० जना महिलाहरूले सेवा लिएका थिए ।


Read Previous

प्राधिकरणले निर्माण गरेका ५१ वटा विद्युतीय चार्जिङ स्टेसनको औपचारिक उद्घाटन

Read Next

चार जिल्लामा टेलिकमको फाइबर लाइन विस्तार

Leave a Reply

Your email address will not be published.