Nepal Purbadhar

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


बागलुङ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताएका छन् ।

कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए । बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भने गरिरहेको छ ।


Read Previous

विश्वमा सौर्य विद्युत उत्पादन तीव्र गतिमा अघि बढ्दै, नेपालको  के छ अवस्था ?

Read Next

चिमखोला–घ्यासीखर्क सडक साढे दुई महिनापछि सञ्चालन