Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

तटबन्ध भत्किएपछि बस्तीतिर पस्दै राप्ती


बाँके ।

बाँकेको फत्तेपुर क्षेत्रमा तटबन्ध भत्किएपछि राप्ती नदीले खेतीयोग्य जमिन कटान गर्दै बस्तीतिर पस्न थालेको छ । बस्ती र उर्वर भूमि जोगाउन निर्माण गरिएको तटबन्ध भत्किएपछि नदीले जमिन कटान गर्दै बस्तीतिर पसेको राप्ती सोनारी गाउँपालिका–७ नयाँबस्ती फरेदा गाउँका शङ्कर यादवले बताए ।

उनका अनुसार नदी बस्तीमा पस्ने डरले राप्ती सोनारीको र नरैनापुर गाउँपालिकास्थित तटीय क्षेत्रका करिब एक दर्जन बस्तीका बासिन्दा त्रसित भएका छन् । “राप्ती सोनारीको विसम्मवरपुर र पदनाहा गाउँ नजिक रहेको तटबन्ध राप्ती नदीले गत वर्ष भत्काएको थियो । सोही क्षेत्रबाट अहिले नदीले डुबान र कटान तीव्र पारेको छ”, यादवले भने, “नदी नियन्त्रण गर्ने तटबन्ध नभएका कारण बाढी आउनासाथ बस्तीमा पानी पस्ने खतरा बढेको छ ।”

तटबन्ध निर्माण नभएकाले राप्ती सोनारीको ६ र ७ नं वडाका सर्रा, भवानीयापुर, पहाडीपुर, वसन्तापुर, गेदवा, खल्ला झगडिया, देउपुर्वालगायत गाउँका साथै नरैनापुर गाउँपालिकाको गङ्गापुर, सोनवर्षा, कुदर–वेटवा, कुडुवालगायत बस्तीमा डुबानको जोखिम बढेको सर्री माविका प्रधानाध्यापक सुकबहादुर थारुले बताए ।

नदी नियन्त्रणका लागि थुपारिएका ढुङ्गासँगै अघिल्ला वर्षमा बनाइएका तटबन्धसमेत राप्तीले बगाएको स्थानीयले बताएका छन् । तारजालीबिना खसालिएका ढुङ्गा बगाएर नदी बस्तीतिर सोझिएको खल्लाझगडिया निवासी दुर्गाप्रसाद पाण्डेले भनेका छन् । “विसं २०७९ असोज २३ गतेको बाढीले यहाँको २५ सय मिटर तटबन्ध र सडक भत्कायो”, उहाँले भन्नुभयो, “बचेँको तटबन्ध र सडक पनि राप्तीले भत्काइरहेको छ ।”

जोखिममा रहेका बस्ती तथा घरपरिवारको सुरक्षाका लागि गत असोजमा ‘जनताको तटबन्ध फिल्ड कार्यालय’लाई पत्राचार गरे पनि चासो नदिएकाले राप्ती सोनारीको वडा नं ६ र ७ तथा नरैनापुरको ५ र ६ नं वडाका बस्ती डुबान र कटानको उच्च जोखिममा रहेका राप्ती सोनारी गाउँपालिका वडा नं ६ का वडाध्यक्ष लवराज खरेलले भन्छन् । नदी नियन्त्रणका लागि सदनदेखि सम्बद्ध सरोकारवाला निकायमा बारम्बार पहल भए पनि कुनै सुनुवाइ हुन नसकेको बाँके क्षेत्र नं १ का सङ्घीय सांसद सूर्य ढकालले बताए ।


Read Previous

पर्यटनमार्फत १ करोड आम्दानी

Read Next

लगानी बोर्डद्वारा ४ जलविद्युत आयोजनाकाे ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत

Leave a Reply

Your email address will not be published.