Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

पूर्वाधार विकासमा सहकार्य गर्न साउदीको चासो, मन्त्री ज्वालासँग छलफल


काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हमिदबीच पूर्वाधार विकास र आयोजना साझेदारीका विषयमा छलफल भएको छ ।

बुधवार भएको भेटवार्तामा मन्त्री ज्वालाले साउदी अरब रोजगारीको गन्तब्य भएको भएको बताउँदै अब भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा पनि साझेदारी गर्नुपर्ने बताए ।

‘साउदीमा नेपालीहरुको श्रमले ठुलो भौतिक विकास भएको छ, त्यहाँको स्रोत, साधन र टेक्नोलोजी नेपालको भौतिक विकासमा आवश्यक छ’ मन्त्री ज्वालाले भने ‘साउदी अरबमा करिव ४ लाख नेपाली कामदारले श्रम गरिरहेका छन् । उनीहरुले पनि केही दक्षता पाएकै छन् । त्यो दक्षता भौतिक विकासमा लगाउन हामी तयार छौ, त्यसका लागि साउद सरकारको सहयोग हामीलाई आवश्यक छ ।’

साउदी सरकारले साउदी विकास कोष मार्फत नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गरेको भन्दै मन्त्री ज्वालाले विकास परियोजना बढाउन आग्रह गरे । ‘नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकबाट विकसित मुलुकमा स्तरउन्नति हुँदैछ, त्यसका लागि विकासलाई तिव्रता र दिगोपना सुनिश्चित गर्न पूर्वाधार क्षेत्रमा थप लगानी र सहायता आवश्यक छ’ मन्त्री ज्वालाले भने ।

साउदी राजदूत हमिदले नेपालको पूर्वाधार तथा यातायातका क्षेत्रमा सहकार्य गर्न आफुहरु तयार रहेको बताएका छन् । ‘पूर्वाधार विकासमा साझेदारी गर्न हाम्रो देश तयार छ, तर त्यसका लागि ठोस प्रस्ताव नेपाल सरकारले दिनु पर्यो’ राजदुत हमिदले भने ।

साउदी अरेबियाले वल्ड एक्सपो २०३० आयोजना गर्नका लागि उम्मेदवारी दिएको छ । साउदीसँगै दक्षिण कोरिया र इटालीले पनि आयोजनाका लागि उम्मेदवारी दिएका छन् । तर नेपालले साउदी अरबलाई सहयोग गर्ने निर्णय गरिसकेको मन्त्री ज्वालाले बताए ।


Read Previous

सत्र वर्षदेखि अलपत्र वायु ऊर्जा सञ्चालन गर्न माग

Read Next

प्रतिकूल मौसमले हवाई उडानमा समस्या

Leave a Reply

Your email address will not be published.