Nepal Purbadhar

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

सोमवार, जेष्ठ ७, २०८१
Monday, May 20, 2024

मुग्लिन–पोखरा सडक विस्तार


तनहुँ । पृथ्वी राजमार्गको पोखरा–मुग्लिन (पूर्वीखण्ड) सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम सडक खण्डमा ४१ प्रतिशत प्रगति भएको छ । पूर्वी सडकअन्तर्गत ४१ दशमलव ४५ किमी सडक विस्तारमा ३२ र पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्मको ३९ किलोमिटर दूरीमा नौ प्रतिशत काम सम्पन्न भएको हो ।

पूर्वी सडक खण्डमा दुई हजार एक सय किलोमिटर दूरीमा कालोपत्र गरिएको छ । आँबुखैरेनी गाउँपालिका–१ सत्रसय क्षेत्रबाट सुरु गरी डुम्रे बजारतर्फको खण्डमा कालोपत्र अघि बढाइएको छ । जेठ महिनासम्म राम्रै प्रगति भए पनि असार र साउनमा वर्षा भएकाले महिनाको नौ प्रतिशतका दरले प्रगति भएको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का इञ्जिनीयर विष्णुप्रसाद पाण्डेले भने ।

भदौ महिनादेखि कालोपत्र गर्न थालेपछि प्रगति बढ्नेमा उनले जोड दिएका छन् । पहिलो चरणमा दुई लेनको कालोपत्र गरी पुनः दुई लेनको कालोपत्र थालिने छ ।इन्जिनियर पाण्डेले भने “जहाँ तयारी हुन्छ ती स्थानमा कालोपत्र गरिहाल्ने योजनाअनुरुप निर्माणकार्य भइरहेको छ ।” यसखण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, पर्खाल लगाउने, भित्तो खार्ने , खाल्टो पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको मुग्लिन सडक योजना ९पूर्वी खण्ड० का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिए ।

पूर्वी खण्डको सडक निर्माणका लागि वि. सं. २०७७ माघ १७ गते सम्झौता भई वि. सं. २०७८ वैशाख २ गतेदेखि निर्माण प्रक्रिया अघि बढाइएको हो । पूर्वी खण्डको छ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँको लागतमा ठेक्का दिइएको थियो । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । सडक विस्तार गर्दा सडकको चौडाई दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरीक्षेत्र बाक्लो बस्ती भएको स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको र उक्त खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

त्यसैगरी पश्चिम खण्डमा अहिलेसम्म नौ प्रतिशत प्रगति भएको छ । उक्त खण्डमा विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । पोखरा बाहेक तनहुँ खण्डमा भित्ता कटिङ गरी कल्र्भड राख्ने र पर्खाल लगाउने कार्य भइरहेको त्यहाँका इञ्जिनीयर नारायण पौडेलले भनेका छन् ।


Read Previous

तीन हप्तादेखि रिप र उनापानी गाउँ अन्धकारमा

Read Next

सत्र वर्षदेखि अलपत्र वायु ऊर्जा सञ्चालन गर्न माग

Leave a Reply

Your email address will not be published.