Nepal Purbadhar

बुधबार, जेष्ठ ९, २०८१
Wednesday, May 22, 2024

बुधबार, जेष्ठ ९, २०८१
Wednesday, May 22, 2024

दुईतर्फै चल्न थाल्यो नारायणगढ– मुग्लिन सडक


चितवन । पहिरोका कारण अवरुद्ध नरायणगढ –मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । केहीबरे अघि पहिरो पन्छ्याएर उक्त सडक दुईतर्फी सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इञ्जिनियर चण्डेश्वर साहले बताए ।

चितवनको ईच्छाकामना– ६ नाम्सीखोला पुलमा गए राति ८ बजे पहिरो खसेपछि सडक पूर्णरुपमा अवरुद्ध बनेको थियो । पहिरो हटाएसँगैँ सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । पहिरोका कारण नरायणगढ –मुग्लिन सडकखण्ड पटक–पटक अवरुद्ध हुँदै आएको छ । रासस


Read Previous

नयाँ भरतपुर २२० केभी सबस्टेसन र हेटौंडा-भरतपुर-बर्दघाट प्रसारण लाइन उद्घाटन

Read Next

बेनी–जोमसोम सडक खण्डमा वैकल्पिक मार्गको माग

Leave a Reply

Your email address will not be published.