Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

चीनकाे केरुङ जाने ट्रक चालकलाई प्रवेश पास प्रदान गर्न पत्राचार


काठमाण्डौं । रसुवागढी नाकाहुँदै चीनको केरुङ जाने ट्रक कन्टेनरका चालकलाई चीन प्रवेश अनुमति पत्र सम्बन्धी कार्यविधि कार्यान्वयन गर्न अध्यागमन विभागले रसुवागढी नाकाको टिमुरे स्थित अध्यागमन विभाग र जिल्ला प्रशासन कार्यालय रसुवालाई पत्राचार गरेकोछ ।

रसुवागढी नाकाबाट चीन प्रवेश गर्ने अनुमति पत्र सम्बन्धी कार्यविधि २०७६ भदौ २५ गते मन्त्रीस्तरबाट स्वीकृत भएको थियो । तर, अहिलेसम्म पनि ट्रक चालक तथा सहचालकहरुले प्रवेश पत्र नपाएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, र नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै आइरहेको थियो ।

महासंघ र संगठनका प्रतिनिधिहरुले असारयता लगातार अध्यागमन विभागका महानिर्देश झलकराम अधिकारीसंग भेटेर समस्या सुल्झाउन आग्रह गरेका थिए । विभागले नेपाल स्थित चीनको राजदुतावासका सेकेण्ड सेक्रेटरीसंग छलफल गरेर चीनको कस्टम अथोरिटिसम्म विषयको ध्यानाकर्षण गराएको थियो । चीनयस विषयमा सकारात्मक देखिएपछि नाकामा पत्राचार गरिएको महानिर्देश अधिकारीले जानकारी गराए ।

गृह मन्त्रालय अध्यागमन शाखाले जारी गरेको कार्याविधि २०७६ मा चार प्रकारका प्रवेश अनुमति पत्रको व्यवस्था गरेको छ । उक्त कार्यविधिमा सवारी चालक प्रवेश अनुमति पत्र, कामदार प्रवेश अनुमति पत्र, व्यवसायी प्रवेश अनुमति पत्र, एकदिने प्रवेश अनुमति पत्रको व्यवस्था भएतापनि । अहिलेसम्म चालक, सहचालक तथा व्यवसायीहरुले चीन प्रवेश अनुमति पत्र पाएकाछैनन् ।

कार्यविधि कार्यान्वयन नहुँदा ९६६ वटा ट्रक कन्टेनरका चालकहरुले काठमाण्डौंबाट १३२ किलोमिटर दुरीमा रहेको रसुवागढीको टिमुरेसम्म सवारीसाधन पु¥याएर चीन प्रवेश अनुमति पत्र भएका रसुवा जिल्लावासी चालक खोजेर २४ किलोमिटर दुरीमा रहेको केरुङ लानका लागि १५ हजार तिर्नुपर्ने अवस्था रहेकोछ ।

चालकहरुलाई पासको व्यवस्था गर्न आग्रह गर्दै लकडाउन अघि र लकडाउनपछि संगठन तथा महासंघ र लिमिटेडको तर्फबाट रसुवा अध्यागमन कार्यालय, रसुवा भन्सार कार्यालय, रसुवा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय रसुवा र गोसाँइकुण्ड गाउँपालिकालाई ध्यानकर्षण गराएको थियो ।

अध्यागमन विभागबाट निस्कदैँ मजदुरनेता भीमज्वाला राईले बल्ल अलिकती भएपनि खुशी मिलेको बताए । राईले भने करिव ५ वर्षदेखिको मेहनतले बल्ल सार्थकता पाउँदै गरेको बताए । यो हाम्रो भन्दा पनि देशको समस्या भएकाले समाधान हुनेमा हामी आशावादी थियौँ नेपाल ट्रक यातायात व्यवसायी महासंघका महासचिव राजेन्द्रविक्रम बानियाँले बताए । अब महगो पैसा दिएर अपरिचित व्यक्तिको जिम्मा लाएर हाम्रा लाखौँको सवारीसाधन केरुङ पठाउनु पर्ने दिनको अन्त्य हुनेछ भन्ने हामीले आशा गरेको नेपाल ट्रक कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले बताए ।

यो निर्णयको कार्यान्वयनसंगै रसुवा र तातोपानी नाकाबाट सामान ढुवानी गर्ने करिब ३ हजार मजदुरहरुले राहत पाउने नेपाल यातायात स्वतन्त्र मजदुर संगठन अरनिको ट्रक इकाईका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले बताए । अब हाम्रो ध्यान चीनको भूभागमा विभिन्न बहानामा त्यहाँ पुग्ने नागरिकमाथि द्रुव्यवहार हुने, प्रशासनिक झमेला सृजना गर्ने कार्यहरु अन्त्यका लागि क्रियाशील हुने अध्यक्ष श्रेष्ठले बताए ।


Read Previous

खरिद प्रक्रियालाई पारदर्शी, मितव्ययी र औचित्यपूर्ण बनाइनुपर्छः मुख्य सचिव डा अर्याल

Read Next

कञ्चनपुर कमला सडक आयोजना स्तरोन्नतिको समयावधी सकिने बेलामा बल्ल ३१ प्रतिशत भौतिक प्रगति

Leave a Reply

Your email address will not be published.