Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

१६औं पञ्च वर्षिय योजनालाई उत्पादन तथा निर्यातमुखी बनाउन व्यवसायीको सुझाव


काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा आबद्ध व्यवसायीहरूले १६औं पञ्चवर्षिय योजनामा सबै क्षेत्रको विकास हुने गरीका योजना समेट्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठलाई सुझाव दिएका छन् । चेम्बर अफ कमर्सले बिहीबार राजधानीमा अन्तरक्रिया कार्यक्रममा सहभागी व्यवसायीहरूले कृषि, ऊर्जा, पर्यटन, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रका योजना समेट्न सुझाव दिएका हुन् ।

उनीहरूले १६औं योजनालाई वस्तुनिष्ठ र परिणाममुखी बनाउन आयोगको ध्यानाकर्षण गराए । उनीहरूले मुलुकको प्राकृतिक श्रोत तथा साधनको अधिकतम उपयोग हुने गरी निर्यातलाई बढावा दिई व्यापार घाटा न्यूनिकरण गर्ने योजना समेटेर कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

उनीहरूले सडक पूर्वाधारको विकासले नै सबै क्षेत्रको स्तरोन्नति हुने हुँदा यो क्षेत्रमा लगानी बढाउने योजना समेट्न श्रेष्ठ समक्ष आग्रह गरेका छन् । जलविद्युत उत्पादनको सम्भावनासँगै निर्यातको अवसर पनि रहेकाले ऊर्जा क्षेत्रमा लगानी बढाउने योजना आउनुपर्ने धारणा उनीहरूले राखे ।

अहिलेको आधारभूत तथ्यांकको मुल्यांकन गरी नयाँ योजना बनाइनुपर्ने उनीहरूको भनाई छ । कृषिजन्य उत्पादन बढेका बेला स्वदेशी उत्पादनले बजारमा राम्रो मूल्य नपाउने हुँदा बढी भएको उत्पादन भण्डार गरी माग बढी भएको समयमा बजारमा बिक्री गर्ने भण्डारणगृह निर्माणको योजना पनि १६औं योजनामा समेट्न व्यवसायीहरूले आग्रह गरेका छन् ।

चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ले १५औं योजना सकिन लाग्दा विगतमा योजना बन्ने तर पूर्ण कार्यान्वयन नहुने परम्परालाई १६औं योजनाले तोड्नु पर्नेमा जोड दिए । उनले १६औं योजनामा देशभित्रको स्रोत साधनको उपयोग गरी स्वदेशी उत्पादनमा आत्मनिर्भर हुने र निर्यात प्रवद्र्धन गर्ने योजना समेटिनु पर्ने बताए ।

सरकार परिवर्तन हुनासाथ, आयोगको उपाध्यक्ष परिवर्तन गर्ने परम्परा रहेकाले योजनाको अवधि पूरा नहुँदासम्म विज्ञ पदाधिकारी परिवर्तन गर्न नहुने नीति लागु हुनुपर्ने उनको भनाई छ । ‘नेपाल चाँडै विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ । त्यसकारण, अब निर्यातमुखी अर्थतन्त्रलाई प्रवद्र्धन गर्ने योजना आउनु पर्छ’, उनले भने ।

आयोगका उपाध्यक्ष श्रेष्ठले १६औं योजनामा समेटिनु पर्ने योजनामा व्यवसायीहरुबाट उठान भएका विषयलाई आयोगले पहिचान गरेको बताए । उनले कार्यक्रममा कृषि क्षेत्रलाई योजनामा प्राथमिकतामा राख्न सुझाव आएकाले कृषि मन्त्रालयले कृषि क्षेत्रको योजना ल्याउने तथा कृषि क्षेत्रका विज्ञको राय सुझाव पनि आयोगले लिने गरेको बताए ।

‘कृर्षिमा जस्तै अन्य क्षेत्रका सम्बन्धित मन्त्रालय तथा विभाग र विज्ञ समूहबाट आउने राय सुझावका आधारमा रणनीीत सहितको १६औं पञ्चवर्षिय योजना बनेर आउनेछ,’ उनले भने,‘अहिले योजना निर्माणको सुरुवाती चरण नै रहेकाले निजी क्षेत्रसँग पनि विभिन्न चरणमा छलफल गरेर राय सुझाव आयोगले लिनेछ ।’

उनले नेपाल चेम्बर अफ कमर्सबाट लिखिल राय सुझाव आयोगले अपेक्षा गरेको बताए ।लिखित राय सुझावपछि पनि ड्राफलाई अन्तिम रुप दिने बेलामा पनि व्यवसायीहरुसँग छलफल गरिने उनको भनाई छ । उनले नेपाल सन् २०२६ मा अल्प विकसित मुलुकबाट विकासशिल मुलुकमा स्तरोन्नति हुन गइरहेकाले अब पछाडि नहट्ने बताए ।

विकासशिल मुलुकमा स्तरोन्नति हुन आइपर्ने समस्या, चुनौती तथा समाधानका उपायबारे राष्ट्रिय योजना आयोगको अग्रसरतामा स्तरोन्नति हुने रणनीति तयार गरिरहेको पनि श्रेष्ठले बताए ।

‘नेपाल विकासशिल राष्ट्रमा स्तरोन्नति हुँदा गुमाउने र पाउने लाभ के के हुन् भन्ने अध्ययन र छलफलको क्रममा छ । अहिले गुमाउने कुरामा धेरै चर्चा भइरहे पनि अब रोकिन सकिँदैन,’ उनले भने ।

१५औं योजना आर्थिक वर्ष २०८१/८२ मा सकिन लागेकाले आयोग १६औं योजना बनाउने कार्यमा जुटेको छ ।


Read Previous

विद्युतीय स्कुटर ‘एनआइयू (न्यू)’ खरिद गर्दा सहुलयित कर्जा पाइने

Read Next

प्राधिकरणको ३८औं वार्षिकोत्सव : गुणस्तरीय र भरपर्दो विद्युत् सेवा उपलब्ध गराउने चुनौती

Leave a Reply

Your email address will not be published.