Nepal Purbadhar

एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंकसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण


काठमाडौं । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो सेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत कपिल ढकालज्युले हस्ताक्षर गरे ।

यो नवीकरणले शेयरधनीहरूलाई प्रभावकारी र विश्वासिलो सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने बताएको छ । साथै एनआइएमबि एस क्यापिटल र ज्योति विकास बैंकको साझा प्रतिवद्धतालाई निरन्तरता एवम् सार्थकता प्रदान गर्नेछ ।

यी दुवै संस्थाहरूले विगत थुप्रै वर्षहरुदेखि सेयरधनी व्यवस्थापन प्रक्रियालाई सुव्यवस्थित गर्न, पारदर्शिता बढाउन र सरोकारवालाहरूसँग निर्बाध सञ्चार सुनिश्चित गर्न सँगै काम गरिरहेका छन् । यो नवीकरणले एक–अर्काको सेवा प्रदान गर्ने क्षमतामा पारस्परिक विश्वास देखाउनुको साथै एनआइएमबि एस क्यापिटलद्वारा प्रदान गरिएका सेवाहरूको असाधारण गुणस्तरलाई पनि पुष्टि गरेको छ ।


Read Previous

‘१० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादन गर्ने गरी ऊर्जा संकटकाल लगाउनुपर्छ’

Read Next

निर्माण उपकरण प्रशासनद्वारा जफत, महासंघको आन्दोलनमा एफएनसीसीआईको ऐक्यवद्धता