Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

व्यवसायिक एकताबाट मात्र निजी क्षेत्र बलियो हुन्छ–अध्यक्ष ढकाल


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सदस्यहरूको बलियो संजाल र एकताबाटै महासंघ बलियो हुने बताएका छन् ।
महासंघको वस्तुुगत परिषदले आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दैै अध्यक्ष ढकालले कतिपय अवस्थामा एक्लो प्रयासमात्र पर्याप्त नहुने हुँदा व्यवसायिक सहकार्य र एकताबाट मात्र सफलता मिल्ने धारणा उनको थियो ।

वस्तुुगत संघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा महासंघले राखेको कार्यक्रममा नवनिर्वाचित टिमलाई बधाई सहित कार्यकालको सफलताको शुुभकामना दिदै अध्यक्ष ढकालले व्यवसायिक गतिविधि बढाउन सदस्य वस्तुुगत संघहरूले निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे ।

उनले वस्तुुगत संघहरू महासंघका बलिया खम्वा भएको र कतिपय मुद्दाहरूलाई आफै पनि अगाडि बढाउन र कतिपय अवस्थामा एक्लो प्रयासले मात्र पनि सफलता नमिल्न सक्ने उल्लेख गरे । ‘तपाईहरूका इस्यूका साथमा महासंघ पनि संगै गयो भने हाम्रो एकता अझ बढी मजुवुद हुन्छ, हामीले हाम्रा समस्या समाधानमा सफलता पाउन सक्छौं । सदस्यहरूको समस्या समाधानमा महासंघले सदैव साथमा रहेर सहयोग गर्छ’ उनले भने ।

कार्यक्रममा उनले नेपाल शैक्षिक परामर्श संघ, नेपाल गलैचा उत्पादक तथा निकासीकर्ता संघ, नेपाल कफी व्यवसायी महासंघ, नेपाल मैदा उद्योग संघ, नेपाल रत्न तथा आभुुषण संघ, नेपाल जग्गा तथा आवास विकास संघ, नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ र नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका पदाधिकारीहरुलाई सम्मान सहित बधाई दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दैै महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नेपालको प्रमुख समस्या भनेको सही तथ्यांकको अभाव रहेकाले यसका लागि महासंघले काम गर्ने बताए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले तथ्यांक उपलव्ध गराउने कार्यमा निजी क्षेत्रले पनि खुला भएर सहयोग गर्नुपर्नेमा जोड दिए ।

सदस्यहरुसंग नियमित रुपमा बसेर उनीहरुका इस्यूहरुमाथि छलफल गर्न र समस्या समाधानमा पहल गर्न महासंघका पदाधिकारीहरु हरेक दिन ३ बजेपछि महासंघमा जम्मा भएर काम गरिरहेको उल्लेख गरे । कुनै समस्या भयो, कुनै इस्यूहरु छन् भने महासंघमा आएर छलफल गर्न पनि आग्रह गरे । सदस्यका समस्या समाधानमा महासंघको वर्तमान टिम पूर्ण रुपमा प्रतिवद्ध रहेको उनको भनाइ छ ।

सभापतिको आशनबाट वस्तुुगत परिषद्का सभापति एवं उपाध्यक्ष हेमराज ढकालले वस्तुुगत परिषद्ले नयां सोच र फरक ढंगले काम गर्न लागेको जानकारी गराए । महासंघका सवै सदस्य संघहरुसंग नजिकमा रहेर उनीहरुको कुरा सुुन्ने, इस्यूहरुमा छलफल गर्ने र आएको निचोडहरुलाई कार्यान्वयनका लागि सरकारमा पैरवी गर्ने राणनीति अनुसार काम भैरहेको जानकारी गराए ।

उपाध्यक्ष ज्योत्सना श्रेष्ठले कार्यक्रममा आएका सुुझाव अनुसार सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाइन । हरेक क्षेत्रमा समस्या छ, कच्चा पदार्थमा सहजता छैन, दिइएका छुट सुुविधा हटाइएको छ, सहज होला भन्यो समस्या जहांको तही रहेको बताइन । सो अवसरमा नेपाल जग्गा विकास संघका अध्यक्ष विदुर धमलाले घर जग्गा व्यवसायमा आएको संकटलाई नयां मौद्रिक नीतिले सम्बोधन गर्न नसकेको बताए ।

नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष शेषराज भट्टराईले शिक्षा मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएको मस्यौदा शैक्षिक ऐनको दफा ६५ को ५ र ६ खारेज गरिनुुपर्नेमा जोड दिए । शैक्षिक सेवामा धरौटी राख्नुु पर्ने प्रावधानले यस पेशामा लागेका व्यवसायीलाई कस्ने काम गरेको वताए ।

नेपाल मैदा उद्योग संघका अध्यक्ष कुुमुद कुमार दुुगडले सवैभन्दा ठूलो समस्या सही तथ्यांकको अभाव रहेको बताए । नेपालमा उत्पादन हुने धान, गहुलगायतका उत्पादनका सही तथ्यांक नै सरकारबाट नपाएको गुुनासो गर्दै सही तथ्यांकको जोहो गर्ने संयन्त्र विकासमा महासंघले अग्रसरता लिनुुपर्ने सुुझाव राखे ।

नेपाल गलैचा उत्पादक तथा निर्यातक संघका अध्यक्ष ई. तेन्जिङ शेर्पाले विपन्न वर्ग र भिन्नरूपले सक्षम नागरिकले समेत काम पाएका गलैचा उद्योगले २०५४ सालदेखि पाउंदै आएको भ्याट छुुट सुविधा यस वर्षको बजेटमा हटाइदा यो क्षेत्र अव थप जोखिममा पर्ने र उत्पादन लागत समेत बढ्ने बताए ।

नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष ओमनाथ अधिकारीले कफी उत्पादनमा अव ठूला लगानीकर्ता भित्रयाउन आवश्यक भैसकेको बताए । अहिले पनि पर्याप्त सम्भाव्यता हुंदाहुंदै पनि देशको मागलाई पुरा गर्न नसकिएकाले कृषकहरुले ससानो क्षेत्रमा गरेको उत्पादन पर्याप्त नभएको वताए ।

नेपाल रत्न तथा आभुुषण संघका अध्यक्ष सुुमन मान ताम्राकारले रत्न आभुुषणको व्यवसायमा लागेका व्यवसायीका लागि सुुन प्रमुख कच्चा पदार्थ भएकाले सुनको कोटा प्रणाली खारेज गरि सर्वसुलभ तरिकाले आपूर्ति हुनुुपर्ने सुुझाव राखे ।

नेपाल शैक्षिक सामग्री उत्पादक संघका अध्यक्ष निमनाथ फुुयांलले नेपाली कागज उद्योगका उत्पादनको गुुणस्तरमा जोड दिए । नेपाल वनस्पती घ्यू तथा तेल उत्पादक संघका अध्यक्ष विकास दुुगडले निर्यात र राजस्वमा समेत ठूलो योगदान दिएका घ्यू तथा तेल उद्योगहरुका वारेमा गरिएका हल्का टिप्पणीका कारण करोडौं, अरवौंको लगानीमा संचालन भएका उद्योगहरूलाई चित्त दुखाउने काम भएको दुःखेसो गरे ।


Read Previous

पहिलोभन्दा फरक बन्दैछ चक्रपथको दोस्रो खण्ड

Read Next

हवाई सेवामा लगाएको भ्याट फिर्ताको माग गर्दै रिट दायर

Leave a Reply

Your email address will not be published.