Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य प्रवेशद्वारमा पहिरो खस्यो


लुम्बिनी । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको मुख्य प्रवेशद्वार ‘टनेल पोर्टल’ पहिरो खसेर पुरेको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिराले सिद्धबाबा मन्दिर नजिकैको टनेल पुरेको हो ।

सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर युधिरिष्ट पन्थीले आफू अहिले कार्यस्थलभन्दा बाहिर रहेको भन्दै बुटवलतर्फको साइटमा निर्माण थालिएको टनेलमा पहिराले ठूलो क्षति पु¥याएको भन्ने आफूले जानकारी पाएको बताए ।

उहाँका अनुसार पहिराले पुरेर कुन भागमा कति क्षति भयो भन्ने यकिन विवरण भने तयार भएको छैन । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रूपैयाँमा सुरुङमार्गको काम अगाडि बढाएको थियो ।

वर्षामा ढलान गर्न नहुने नेपाली प्राविधिकको सुझावविपरीत परियोजनाले चार दिन पहिले मात्र प्रवेशद्वारको ढलान गरेको थियो । एक हजार एक सय २६ मिटर दूरी रहेको सुरुङमार्गको काम तीव्रगतिमा अगाडि बढिरहेका बेला पहिरोले मुख्यविन्दुमा क्षति पुगेको छ ।

सुरुङमार्गको प्रस्थानविन्दु बुटवलतर्फको रिपलाई पहिराले भत्काएपछि र पाल्पातर्फको रिपलाई यसअघिको पहिराले पुरेपछि आयोजनाको खर्च बढेको छ । सुरुङको प्रस्थानविन्दुको माथिबाटै पहिरो खसेको छ भने लेदोले सबै पुरिएको छ ।

सुरुङमार्गमा अहिले दैनिक ८० जना कामदारले काम गर्दै आएका छन् । बाह्रै महिनादेखि पहिरो झरेर अकालमै यात्रुको मृत्यु हुने क्रम बढेसँगै पाल्पाको तिनाउ गाउँपालिका–३ मा सुरूङमार्ग निर्माण थालिएको थियो ।

बुटवल–पाल्पा खण्डको तिनाउ गाउँपालिका–२, सिद्धबाबा मन्दिरदेखि पाल्पातर्फ एक हजार एक सय २६ मिटर दूरीमा सुरुङमार्ग बनाउन रामापिथेकस पार्क तथा तिनाउ जलविद्युत्को ड्याममाथिबाट डाइभर्सन, साइट क्लियरेन्स, गुणस्तर मापनका लागि ल्याब स्थापना, क्रसर प्लान्टलगायतका पूर्वतयारीका काम फागुन दोस्रो हप्तादेखि सुरु भएको थियो ।

सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिराले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ । वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरुङमार्गको निर्माणअघि बढाएको हो । यो परियोजनाको लागत १० अर्ब  रूपैयाँ अनुमान गरिएको छ । रासस


Read Previous

मुख्य मन्त्री र प्रजिअ मार्फत् सरकारलाई निर्माण व्यवसायीहरूको अल्टिमेटम

Read Next

सडक अधुरै हुँदा सर्वसाधारणलाई आवागमनमा सास्ती

Leave a Reply

Your email address will not be published.