Nepal Purbadhar

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

बिहिबार, बैशाख २७, २०८१
Thursday, May 9, 2024

निर्वाचन समितिले उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्ष कार्की लगायत पदाधिकारी निर्विरोध


काठमाडौं । निर्वाचन समितिले उजुरीको आधारमा उम्मेद्वारी रद्द गरेसँगै इप्पानमा अध्यक्षलगायत पदाधिकारी निर्विरोध चयन भएका छन् ।

निर्वाचन समितिका अनुसार, इप्पानको विधान र निर्देशिका विपरित उम्मेदवार भएको भन्दै उजुरी परेको थियो । उजुरीमा गरिएको मागअनुसार निर्वाचन कमिटिले उम्मेद्वारी रद्द गरेपछि अध्यक्षमा गणेश कार्की, बरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी, उपाध्यक्षहरुमा आशिष गर्ग, आनन्द चौधरी, भरत खत्री, उत्तम भ्लोन र रामप्रसाद आचार्य तथा महासचिवमा बलराम खतिवडा निर्विरोध चयन भएका छन् ।

उपमहासचिवमा प्रकाशचन्द्र दुलाल र कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्तको एकल उम्मेदवारी परेको थियो । सचिवहरुमा भरत खड्का, हिमप्रसाद पाठक, विक्रम विष्ट, भरत नेपाल र कविता पोखरेल कँडले पनि निर्विरोध भएका छन् ।

यसैगरी तीन जनाको लागि महिला सदस्यतर्फ पनि सुसन कर्माचार्य, सुमनकुमार जोशी र ईशा श्रेष्ठको मात्र उम्मेदवारी परेकोले उनीहरु पनि निर्विरोध निर्वाचित भएका छन् ।

विधानको दफा १५ मा इप्पान कार्य समितिको पदाधिकारहरुको लागि एक कार्यकाल कार्य समितिमा बसेको हुनुपर्ने उल्लेख भएपनि सो विपरित उम्मेद्वारी दर्ता गरेको भन्दै निर्वाचन समिति समक्ष प्रतिष्पर्धी उम्मेदवारहरुले नै उजुरी दिएका थिए । उजुरी उपर छानवीन गर्दै निर्वाचन समितिले उम्मेदवारहरु अध्यक्षमा किरण मल्ल, बरिष्ठ उपाध्यक्षका सुर्य अधिकारी, उपाध्यक्षद्धय वीरेन्द्र मल्ल र दीपेन्द्र बम, महासचिवका बिनोद देवकोटा र सचिवका नारायण कँडेलको उम्मेदवारी रद्ध गरेको हो ।

इप्पान कार्यासमितिको सात सदस्यका लागि भने १४ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारहरुमा उत्तरकुमार श्रेष्ठ, कुबेरमणि नेपाल, शंकर बस्याल, मिथुन चक्रवती प्रसाद पौडेल, सीताराम तिमल्सिना, तारा सुब्बा, भरत पराजुली, कदम केसी, विजयमोहन श्रेष्ठ, गृष्म ओझा, सुकुन्द ओझा, दिपक पौडेल र विकास श्रेष्ठको उम्मेदवारी परेको छ । उनीहरुबीच सहमति नभएमा भोलि जेठ ३२ गते चुनाव हुनेछ ।

भोलि ३२ गते हायात होटलमा हुने इपानको २१ औं साधारणसभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल उद्घाटनपछि निर्वाचन गर्ने कार्यतालिका छ ।


Read Previous

इम्बोस्ड नम्बर प्लेटमा नेपाली भाषा राख्ने तयारी अघि बढाइँदै

Read Next

सीमा विवाद नटुङ्गिँदा पूर्वाधार निर्माणमा समस्या   

Leave a Reply

Your email address will not be published.