Nepal Purbadhar

इपानमा बसेर जलविद्युत आयोजनामा लगानीमैत्री वातावरण बनाउन पहल गर्छु: बस्याल


काठमाडौं । जलविद्युतका लगानीकर्ता एवं जलविद्युत आयोजनाको वातावरण अध्ययन सम्बन्धि काम गर्दै आएका शंकर बस्यालले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को आगामी कार्यकालका लागि सदस्य पदमा उमेद्वारी घोषणा गरेका छन् । उनले गणेश कार्की प्यालनबाट उमेद्वारी दिएका हुन् ।

गणेश कार्की प्यानल अनुभवी, शशक्त र इपानको आवश्यकता भएकाले आफुले पनि यही प्लानलबाट उमेद्वारी दिएको बस्यालले बताए । उनले आफु सदस्य पदमा निर्वाचित भएमा इपान सम्पूर्ण ऊर्जा उद्यमीको साझा संस्था भएको प्रत्याभूति हुने गरी नयाँ कार्यसमितिमा बसेर काम गर्ने बताए ।

साढे २ दशक बढी समयदेखि जलविद्युत क्षेत्रको वातावरण अध्ययन सम्बन्धि काम गर्दै आएका र जलविद्युतमा लगानी समेत गरेका उनले इपानको नयाँ कार्यसमितिमा सदस्य पदको जिम्मेवारी पाएमा देशको विद्युत खपत बढाउन सरकारको ध्यान केन्द्रित हुने गरी विभिन्न योजना बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनले गुणस्तरीय विद्युत आपूर्तिका लागि पहल गर्ने, देशभरमा उच्च क्षमताका प्रसारण तथा वितरण लाइनको निर्माण गर्न सम्बन्धित निकाय समक्ष पहल गर्न भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

जलविद्युत आयोजना निर्माणको कानूनी प्रक्रियालाई छिटो छरितो बनाउन इपानमा बसेर काम गर्ने पनि उनको घोषणा छ । आन्तरिक विद्युत व्यापार बढाउने, भारत र बंगलादेशसँगको अन्तरदेशीय विद्युत व्यापार बढाउन उच्च स्तरीय आयोग बनाएर रणनीतिकरूपमा विद्युत बजार विस्तार गर्न पहल गर्ने उनको योजना छ ।

ऊर्जाका आयोजनाकाे वन र वातावरणसँग सम्बन्धित समस्या समाधान गर्न विशेष पहल गर्ने पनि उनकाे घाेषणा छ ।


Read Previous

आन्तरिक विद्युत खपत वृद्धि र अन्तरदेशीय बजार व्यस्थापनमा सहयाेग पुग्ने गरी काम गर्छुःखतिवडा

Read Next

इपानलाई सिंगो निजी क्षेत्रको संस्था बनाउँदै जलविद्युत विकासमा सरकारसँग हातेमालो गर्न उपाध्यक्षमा मेराे उमेद्वारीःभ्लाेन