Nepal Purbadhar

साढे पाँच महिनापछि नेपाल फर्किए शेरबहादुर देउवा, विमानस्थलमा भव्य स्वागत


काठमाडौं। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनापछि स्वदेश फर्किएका छन्।

गत फागुन १३ गते पूर्वमन्त्रीसमेत रहेकी श्रीमती आरजु राणासहित उपचारका लागि सिंगापुर गएका देउवा बिहीबार नेपाल फर्किएका हुन्।

देउवा नेपाल फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेसका नेता-कार्यकर्ताले उनको भव्य स्वागत गरेका छन्। बाजागाजा र झाँकीसहित नेता-कार्यकर्ता विमानस्थल पुगेका थिए।

कांग्रेसको संस्थापनइतर समूहले आयोजना गर्न लागेको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका देशभरका नेता-कार्यकर्ता देउवालाई स्वागत गर्न विमानस्थल पुगेका हुन्।

देउवा शुक्रबार सुकेधारास्थित पार्टी प्यालेसमा आयोजना हुने संस्थापनइतर पक्षको राष्ट्रिय भेलामा सहभागी हुने कार्यक्रम रहेको छ।


Read Previous

सिंहदरबारभित्रै ढिलासुस्ती : सात वर्षमा पनि बनेन संसद् भवन, सातौँपटक म्याद थपिँदै (तस्बिरहरू)

Read Next

देउवाको अपिल: एकताबद्ध भएर अघि बढ्नुपर्छ, ‘म नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar