
काठमाडौं । रसुवा हुँदै आएको बाढीले पृथ्वी राजमार्गबाट धादिङ जोड्ने त्रिशूली नदीमाथिको फुर्केखोला पुल बगाएको छ।
गजुरी गाउँपालिकाका अनुसार बाढीका कारण यस क्षेत्रमा केही मानिस फसेका छन्। राजमार्गको यात्रा जोखिमपूर्ण बनेको उनले बताएका छन्।
ठाउँ–ठाउँमा राजमार्गसम्म पानीको सतह आइसकेको छ। राजमार्गको यात्रा ज्यादै जोखिमपूर्ण रहेको छ। पानीको बहाव धादिङ क्षेत्रमा बढिरहेको छ।
बाढीका कारण धादिङ सदरमुकामतर्फ जाने फुर्केखोला पुल बगेपछि पृथ्वी राजमार्ग हुँदै धादिङ जाने आवागमनसमेत प्रभावित भएको छ।

