Nepal Purbadhar

दिपल एस०५ म्याक्स नाडा अटो शोमा ६१ लाख ४९ हजारदेखि उपलब्ध


काठमाडौं । नेपालमा सर्वाधिक बिक्री हुने लक्जरी ईभीका रूपमा दाबी गरिएको दिपल एस०५ म्याक्स नाडा अटो शो २०२६ मा विशेष मूल्यमा उपलब्ध हुने भएको छ। नेपालका लागि दिपल ईभीको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटोकर्पले एस०५ म्याक्सको मूल्य रु. ६१ लाख ४९ हजारदेखि कायम गरेको छ। कम्पनीका अनुसार यो विशेष मूल्य नाडा अटो शो २०२६ को समापनसम्म लागू हुनेछ।

नेपालमा सार्वजनिक भएदेखि नै दिपल एस०५ ले प्रिमियम विद्युतीय सवारीको बजारमा बलियो उपस्थिति बनाएको कम्पनीको भनाइ छ। विशिष्ट डिजाइन, परिष्कृत इन्टेरियर, इन्टेलिजेन्ट फिचर र आरामदायी ड्राइभिङ अनुभवका कारण एस०५ आधुनिक लक्जरी ईभी खोज्ने ग्राहकको रोजाइमा परेको कम्पनीले जनाएको छ।

दिपल एस०५ म्याक्समा फ्रेमलेस ढोका, भविष्यवादी डिजाइन, प्रिमियम क्याबिनलगायतका विशेषता छन्। यसमा रिमोट स्मार्ट इन्टर्‍याक्सन अर्बिट (आरएसआईओ), एआर हेड-अप डिस्प्ले र इन्टेलिजेन्ट क्विन को-पाइलट सिटजस्ता प्रविधि उपलब्ध छन्।

कम्पनीले नाडा अटो शोका लागि घोषणा गरेको विशेष मूल्यले प्रिमियम इलेक्ट्रिक एसयूभीमा अपग्रेड गर्न चाहने ग्राहकका लागि एस०५ म्याक्सलाई थप आकर्षक विकल्प बनाउने जनाएको छ।

नाडा अटो शो २०२६ मा रहेको दिपल पेभिलियनमा पुगेर ग्राहकले एस०५ म्याक्स अवलोकन गर्नुका साथै यसको विशेषता र मूल्यबारे जानकारी लिन सक्नेछन्।


Read Previous

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

Read Next

रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४ को खोजी जारी- अर्थमन्त्रीको सचिवालय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar