
काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको केही दिनमै उच्च बुकिङ प्राप्त गर्न सफल नामी भिगो ई२ को रु. २ लाखको विशेष अफर समाप्त भएको छ। अब भिगो ई२ को बुकिङ कम्पनीले तोकेको रु. ३७ लाख ९९ हजार एमआरपीमै हुने भएको छ।
गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको भिगो ई२ ले छोटो समयमै नेपाली उपभोक्ताबाट उत्साहजनक प्रतिक्रिया र उच्च माग पाएको एमएडब्लू वृद्धि मोटर्सले जनाएको छ।
आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव र प्रतिस्पर्धी मूल्यका कारण फुल साइज एसयूभी भिगो ई२ प्रति उपभोक्ताको आकर्षण बढेको कम्पनीको भनाइ छ।
यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरलाई निरन्तरता दिँदै थप परिष्कृत गरिएको भिगो ई२ ले सार्वजनिक भएको ६ दिनमै चाडपर्वमा बिक्री गर्न सकिने अनुमानित संख्याभन्दा बढी बुकिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।
सीमित अवधिका लागि घोषणा गरिएको रु. २ लाखको विशेष अफर र नयाँ मोडलप्रतिको आकर्षणका कारण बुकिङमा उच्च चाप परेको कम्पनीले बताएको छ।
एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तले सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफर उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपरेको बताए।
उनले नेपाली उपभोक्ताको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ तथा प्रतिस्पर्धी उत्पादन उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
कम्पनीले अब भिगो ई२ को बुकिङ रु. ३७ लाख ९९ हजारको एमआरपीमा निरन्तर हुने जनाएको छ।

