Nepal Purbadhar

रसुवागढी भन्सारका २५ कर्मचारी सम्पर्कमा, १४ को खोजी जारी- अर्थमन्त्रीको सचिवालय

फाइल तस्बीर।


काठमाडौं । रसुवागढी भन्सार कार्यालयमा कार्यरत २५ जना कर्मचारी सम्पर्कमा आएका छन्। अर्थ मन्त्रालयका अनुसार भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुंगानासहित २५ जना कर्मचारी सम्पर्कमा आएका हुन्।

रसुवागढी भन्सार कार्यालयमा कुल ३६ ओटा स्थायी दरबन्दी रहेको थियो। त्यस्तै, ४ जना करार तथा ज्यालादारी कर्मचारी कार्यरत थिए।

करार तथा ज्यालादारीतर्फका १ जना कर्मचारीसमेत सम्पर्कमा आएका छन्। मन्त्रालयका अनुसार अझै ११ जना स्थायी र ३ जना करार तथा ज्यालादारी कर्मचारी गरी १४ जनाको खोजी भइरहेको छ।


Read Previous

दिपल एस०५ म्याक्स नाडा अटो शोमा ६१ लाख ४९ हजारदेखि उपलब्ध

Read Next

भोटेकोशी बाढीः त्रिशूली नदी किनारबाट तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar