Nepal Purbadhar

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

शनिबार, साउन ५, २०८१
Saturday, July 20, 2024

बाङखुवा खोलामा पक्की पुल बनेपछि स्थानीयलाई सहज


भाेजपुर । षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला र नखुवा दोभान बाङखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । कोशी प्रदेश सरकारको  ३ करोड १९ लाख रूपैयाँको लागतमा गत फागुनमा पुल निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।

वडा नं १२ र १४ जोड्ने यो खोलामा २०७६ सालबाट पुल निर्माण सुरु गरिएको थियो । पुल तोकिएको मापदण्डानुसार निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजेश्वर महतोले बताए । ‘बाङखुवा खोलामा पुल निर्माण सम्पन्न भएको छ’, प्रमुख महतोले भने, ‘तोकिएको मापदण्डानुसार गुणस्तरीय ढङ्गले निर्माण भएको छ, यसले स्थानीय जनतालाई प्रत्यक्ष लाभ पुगेको छ ।’ पच्चीस मिटर लामो उक्त पुल गोल्डेन गुड शेर्पा निर्माण कम्पनीले बनाएको कार्यालयले जनाएको छ ।

त्यस्तै सोही स्थान नजिकै बनिरहेको याकुवा खोला, नखुवा दोभान गङ्खुवा पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ । उक्त पुल प्रदेश सरकारको  ५ करोड ४१ लाख रूपैयाँ लागतमा निर्माण भइरहेकोे प्रमुख महतो बताए ।

पचास मिटर लम्बाइ रहेको दुई स्पानमा बन्ने पुलको एउटा स्पानको ढलान सम्पन्न भएको महतोको भनाइ छ । ‘यी दुई पुलको काम एउटै निर्माण कम्पनीले गरिरहेको छ’, उनले भने, ‘यो पुलको पनि ८० प्रतिशत काम सम्पन्न भएको छ, आगामी असोज महिनाभित्र सम्पन्न गर्ने लक्ष्य छ ।’ अरुण गाउँपालिका क्षेत्रमा जग्गा विवाद भएको कारण काममा केही ढिला भएको उनले बताए ।

गङ्खुवा खोला पुल तोकिएको अवधिमा सम्पन्न गर्ने निर्माण कम्पनी गोल्डेन गुड शेर्पाका प्रोजेन्ट म्यानेजर पेम्बा शेर्पाले बताए । पुल आगमी असोजसम्म सम्पन्न गर्ने निर्माण कम्पनीको दाबी छ । ‘यो पुललाई तोकिएको अवधिभित्रै सम्पन्न गर्ने लक्ष्य छ’, शेर्पाले भने, ‘आगामी असोजसम्म सम्पन्न गर्ने हाम्रो योजना छ ।’


Read Previous

माथिल्लो अरूणमा लगानी जुटाउन दातृ निकायहरुसँग अर्थ मन्त्रालयमा छलफल

Read Next

दूधकोशीको पानी भुम्जुडाँडामा पुग्याे, ३ हजार ७५६ घरधुरीमा वितरण गर्ने लक्ष्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *